काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ । आजको खेल जितेमा नेपालले सेमिफाइनलको यात्रा तय गर्ने छ ।
नेपाल समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा साउदी अरब, मलेसिया, हङकङ र कतारसमेत छन् । नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ । नेपालले हालसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपाल पहिलो खेलमा मलेसियासँग पाँच विकेटले तथा दोस्रो खेलमा कतारसँग ३२ रनले विजयी भएको थियो ।
समूह ‘ए’ मा हङकङ दुई अङ्कका साथ चौथो स्थानमा छ । हङकङ पहिलो खेलमा कतारसँग २६ रनले विजयी भएको थियो भने दोस्रो खेलमा साउदी अरबसँग ५५ रनले पराजित भएको थियो । समूह ‘ए’मा साउदी अरब दोस्रो तथा मलेसिया तेस्रो स्थानमा छन् ।
यस्तै समूह ‘बी’मा ओमान, युनाइटेड अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र कम्बोडिया छन् । समूह ‘बी’मा ओमान चार अङ्कका साथ शीर्ष स्थानमा तथा युएई चार अङ्ककै साथ दोस्रो स्थानमा छ । सो समूहमा कुवेत तेस्रो स्थानमा रहेको छ ।



सम्वन्धित समाचार
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै