काठमाडौं । आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् ।
नयाँ जर्सीको सबैभन्दा तल गैंडा र सगरमाथा छ । रंग रातो, हल्का मधुरो र सेतोमा छ । बीचमा नेपाल लेखिएको छ । बीचको भागको रंग निलो छ । बायाँतर्फ क्यान र दायाँतर्फ टी–२० विश्वकपको लोगो छ । कलर अर्थात् घाँटीको भाग रातो रंगमा छ ।
दुवै भागतर्फ बाउला (हातमा) नेपालको झण्डा छ । पछाडिको अधिकांश भाग निलो रंगमा छ । जर्सी नम्बरमाथि खेलाडीको नाम छ । तल्लोभागमा सगरमाथा नै छ ।
आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा नेपाल समूह डीमा परेको छ, जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस् पनि छन् । शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर ८ मा पुग्नेछन् ।



सम्वन्धित समाचार
एनपीएल: आज दुई खेल हुँदै
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै