बाजुरा पुगेर सांसद पाण्डेले भने, तिनतहको अन्तरद्धन्द्धमा छ शिक्षा ऐन



बाजुरा : नेपाली काँग्रेसका सहमहामन्त्री बर्दी प्रशाद पाण्डेले तिनतहको अन्तरद्धन्द्धको चेपुवामा शिक्षा ऐन परेको बताएका छन् । सहमहामन्त्री पाण्डेले नेपाल शिक्षक संघ बाजुराको प्रतिनिधी भेला कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। कुनै पनी संघिय ऐन नबनिरहेका बेला पहिलो पटक शिक्षा ऐन बन्न लागेको छ । तर यो ऐन तिनतहकै अन्तरद्धन्द्धमा पर्न थालेको छ बताएका छन् ।

स्थानिय तहले शिक्षा ऐन बनाउने अधिकार संघले कहाँबाट पाया भन्छ ,प्रदेश सरकारले भन्छ उच्च शिक्षा,विश्वविद्यालय संघले हेर्ने हो भने हामीले के हेर्ने भन्ने विबादकारण शिक्षा ऐन अन्तरद्धन्द्ध चेपुवामा परहेको हो,सहमहामन्त्री पाण्डेले बताए ।

५२ बर्ष पछी संघीय शिक्षा ऐन बन्दैछ,यो ऐन बनाउन ठोस गहिराईमा पुगि सकेको उनको भनाई थियो । प्रतिनिधी सभा सदस्य समेत रहेका पाण्डे शिक्षा समिती सदस्य समेत हुनुहुन्छ । पहिलो पटक बन्न लागेको संघिय शिक्षा ऐनलाई शुदृढ,गतिलो बनाउ आफु र सिंगो नेपाली काँग्रेस पछी नहट्ने प्रतिवद्धता पाण्डेले गरेका छन् ।

यो ऐन लाई अभिमुखीकरणबाट अगाडी बढाउनु पर्ने समेत उहाँले बताउनु भयो । संघिय शिंक्षा ऐन नबनेर यसलाई कसैले पछाडी धकेन्न नसक्नेमा सहमहामन्त्री पाण्डेले जोड दिए। शिक्षा ऐनले एउटा बाटो तय गरि सकेको हुदा यसका बिषयमा संसद र शिक्षा समिती भित्र छलफल भैसकेको उनले भने ।
शिक्षा ऐन बन्न अन्तिम चरणमा पुगेको बताउदै सबै सरोकारबालहरुलाई आस्वस्त पारेर यो ऐन पारित हुने बिश्वास दिलाएका छन्। । उनले भने, ,नयाँ शिक्षा मन्त्री सुमना श्रेष्ट ज्युले गर्नुभएको निर्णय कदापी ठिक नभएको र संघिय शिक्षा ऐन नबन्दा सम्म कुनै प्रभाव नपर्ने समेत जिकिर गरेका छन्।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.