बाजुरा : नेपाली काँग्रेसका सहमहामन्त्री बर्दी प्रशाद पाण्डेले तिनतहको अन्तरद्धन्द्धको चेपुवामा शिक्षा ऐन परेको बताएका छन् । सहमहामन्त्री पाण्डेले नेपाल शिक्षक संघ बाजुराको प्रतिनिधी भेला कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। कुनै पनी संघिय ऐन नबनिरहेका बेला पहिलो पटक शिक्षा ऐन बन्न लागेको छ । तर यो ऐन तिनतहकै अन्तरद्धन्द्धमा पर्न थालेको छ बताएका छन् ।
स्थानिय तहले शिक्षा ऐन बनाउने अधिकार संघले कहाँबाट पाया भन्छ ,प्रदेश सरकारले भन्छ उच्च शिक्षा,विश्वविद्यालय संघले हेर्ने हो भने हामीले के हेर्ने भन्ने विबादकारण शिक्षा ऐन अन्तरद्धन्द्ध चेपुवामा परहेको हो,सहमहामन्त्री पाण्डेले बताए ।
५२ बर्ष पछी संघीय शिक्षा ऐन बन्दैछ,यो ऐन बनाउन ठोस गहिराईमा पुगि सकेको उनको भनाई थियो । प्रतिनिधी सभा सदस्य समेत रहेका पाण्डे शिक्षा समिती सदस्य समेत हुनुहुन्छ । पहिलो पटक बन्न लागेको संघिय शिक्षा ऐनलाई शुदृढ,गतिलो बनाउ आफु र सिंगो नेपाली काँग्रेस पछी नहट्ने प्रतिवद्धता पाण्डेले गरेका छन् ।
यो ऐन लाई अभिमुखीकरणबाट अगाडी बढाउनु पर्ने समेत उहाँले बताउनु भयो । संघिय शिंक्षा ऐन नबनेर यसलाई कसैले पछाडी धकेन्न नसक्नेमा सहमहामन्त्री पाण्डेले जोड दिए। शिक्षा ऐनले एउटा बाटो तय गरि सकेको हुदा यसका बिषयमा संसद र शिक्षा समिती भित्र छलफल भैसकेको उनले भने ।
शिक्षा ऐन बन्न अन्तिम चरणमा पुगेको बताउदै सबै सरोकारबालहरुलाई आस्वस्त पारेर यो ऐन पारित हुने बिश्वास दिलाएका छन्। । उनले भने, ,नयाँ शिक्षा मन्त्री सुमना श्रेष्ट ज्युले गर्नुभएको निर्णय कदापी ठिक नभएको र संघिय शिक्षा ऐन नबन्दा सम्म कुनै प्रभाव नपर्ने समेत जिकिर गरेका छन्।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन