काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ। नेपालको कप्तानी रोहित पौडेल र नेदरल्यान्ड्सको स्कट एडवार्ड्सले गर्नेछन् ।
नेदरल्यान्ड्स ४ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गर्दा नेपालले ४ खेलबाट ४ अंक जोड्दै फाइनल खेल्न लागेको हो । नामिबिया भने ४ खेलमा ३ अंकसहित बाहिरिएको हो ।
यो सिरिजमा नेपाल र नेदरल्यान्ड्सको तेस्रो भेट हो । पहिलो भेटमा नेदरल्यान्ड्स र दोस्रो भेटमा नेपाल विजयी भएको थियो । पहिलो भेटमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपालले दोस्रो भेटमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित हुँदा चौथो खेल नामिबियाविरुद्धको खेल भने वर्षाले अवरुद्ध भएको थियो ।
सुरुवाती दुई खेलमा पराजित भएको नेपालले त्यसपछिका दुई खेलमा पुनरागमन जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको नेपाल तेस्रो खेलमा नामिबियालाई ३ रन र चौथो खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो ।
केही दिनअघि मात्रै टियु क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप एक दिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिजमा नेपाल र नेदरल्यान्डको दुई पटक भेट भएको थियो । जसमा एक खेलमा नेपाल र एक खेलमा नेदरल्यान्ड्स विजयी भएका थिए ।



सम्वन्धित समाचार
एनपीएल: आज दुई खेल हुँदै
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै