बाजुरा : स्थानीय खाद्य अधिकार संजाल बुढीनन्दा नगरपालिकाले किसान सुचिकरण तथा खाद्य अधिकार हनन् सम्बन्धी अन्तर संवाद गरेको छ । नगरपालिका भित्र रहेका वास्तविक किसानको तथ्याङ्क संकलन गर्ने उदेश्य सहित नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा उक्त अन्तर संवाद गरीएको हो ।
कार्यक्रममा सहभागीहरुले वास्तविक किसानहरुको विवरण संकलन गरी सुचिकरण गराएमा किसानले पाउनुपर्ने अनुदानमा समेत सहज हुने बताउनुभयो । किसान सुचिकरणका लागी समिति गठन गरी कार्यबिधि अनुसार काम गर्ने उक्त प्रस्ताव पालिकाको कार्यपालिकामा समेत छलफलको प्रक्रिया बनाएर अघि बढ्ने निर्णय भएको छ ।
आजै भएको छलफलमा बुढीनन्दा नगर पालिकाका नग उपप्रमुख रामबहादुर बोहोराको नेतृत्वमा प्रत्यक तिन महिनामा बजार अनुगमनलाई समेत निरन्तरता दिईने भएको छ । बजारमा अखाद्य बस्तु क्रिबितरण भईरहेको जनुगुनासो बढ्ने गरेकाले उक्त कामलाई निरन्तरता दिने निर्णय भएको फियान नेपाल बाजुरा प्रतिनिधि सबिता थापाले बताउनुभयो ।
स्थानीय खाद्य अधिकार संजाल बुढीनन्दा नगरपालिकाका अध्यक्ष महेश कार्कीको अध्यक्षतामा संचालन भएको छलफलमा बुढीनन्दा नगरपालिकाका नगर उप प्रमुख रामबहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बुढीनन्दा १ का अध्यक्ष मानबहादुर कार्की, दुईका अध्यक्ष नन्दराज गिरी, ५ का अध्यक्ष छत्रबहादुर मल्ल, ६ का अध्यक्ष गजेन्द्र बहादुर शाही, १० का अध्यक्ष नन्दबहादुर रोकाया, कार्यपालिका सदस्य शोबिता रोकाया, फिायान नेपाल बाजुरा प्रतिनिधि सबिता थापा नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरु पत्रकार लगायतको सहभागिता रहेको थियो । स्थानीय खाद्य अधिकार संजाल बुढीनन्दा नगरपालिकाको आयोजनामा संचालन भएको कार्यक्रममा फियान नेपालको सहयोग रहेको थियो ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन