बाजुरा : स्थानीय खाद्य अधिकार संजाल बुढीनन्दा नगरपालिकाले किसान सुचिकरण तथा खाद्य अधिकार हनन् सम्बन्धी अन्तर संवाद गरेको छ । नगरपालिका भित्र रहेका वास्तविक किसानको तथ्याङ्क संकलन गर्ने उदेश्य सहित नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा उक्त अन्तर संवाद गरीएको हो ।
कार्यक्रममा सहभागीहरुले वास्तविक किसानहरुको विवरण संकलन गरी सुचिकरण गराएमा किसानले पाउनुपर्ने अनुदानमा समेत सहज हुने बताउनुभयो । किसान सुचिकरणका लागी समिति गठन गरी कार्यबिधि अनुसार काम गर्ने उक्त प्रस्ताव पालिकाको कार्यपालिकामा समेत छलफलको प्रक्रिया बनाएर अघि बढ्ने निर्णय भएको छ ।
आजै भएको छलफलमा बुढीनन्दा नगर पालिकाका नग उपप्रमुख रामबहादुर बोहोराको नेतृत्वमा प्रत्यक तिन महिनामा बजार अनुगमनलाई समेत निरन्तरता दिईने भएको छ । बजारमा अखाद्य बस्तु क्रिबितरण भईरहेको जनुगुनासो बढ्ने गरेकाले उक्त कामलाई निरन्तरता दिने निर्णय भएको फियान नेपाल बाजुरा प्रतिनिधि सबिता थापाले बताउनुभयो ।
स्थानीय खाद्य अधिकार संजाल बुढीनन्दा नगरपालिकाका अध्यक्ष महेश कार्कीको अध्यक्षतामा संचालन भएको छलफलमा बुढीनन्दा नगरपालिकाका नगर उप प्रमुख रामबहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा बुढीनन्दा १ का अध्यक्ष मानबहादुर कार्की, दुईका अध्यक्ष नन्दराज गिरी, ५ का अध्यक्ष छत्रबहादुर मल्ल, ६ का अध्यक्ष गजेन्द्र बहादुर शाही, १० का अध्यक्ष नन्दबहादुर रोकाया, कार्यपालिका सदस्य शोबिता रोकाया, फिायान नेपाल बाजुरा प्रतिनिधि सबिता थापा नगरपालिकाका बिभिन्न शाखाका प्रमुखहरु पत्रकार लगायतको सहभागिता रहेको थियो । स्थानीय खाद्य अधिकार संजाल बुढीनन्दा नगरपालिकाको आयोजनामा संचालन भएको कार्यक्रममा फियान नेपालको सहयोग रहेको थियो ।
सम्वन्धित समाचार
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित
सदनको गतिरोध हटाउन कांग्रेस र रास्वपा छलफल जारी