काठमाडौं। नेपाल एले क्यानडा-११ सँगको एकदिवसीय सिरिजको अन्तिम निर्णायक खेलमा पहिला ब्याटिङ गर्दैछ। मुलपानी क्रिक्रेट मैदानमा क्यानडा-११ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १-१ को बराबरी गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा क्यानाडाले टस जितेर बलिङ रोजेको हो। आजको खेलमा सन्दिप जोराले कप्तानी सम्हाल्नेछन् । नेपाली टोलीले ४ जना खेलाडी परिवर्तन गरेको छ ।
यो खेल सिरिजको निर्णायक खेल हो । १-१ को बराबरी रहेको सिरिजमा यो खेलको विजेताले सिरिज जित्नेछ । पहिलो खेलमा क्यानडासँग ४ विकेटले पराजित भएको नेपाल ‘ए’ टीमले दोस्रो खेलमा क्यानडालाई २ विकेटले पराजित गरेको थियो ।
नेपालको प्लेइङ११
अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा ९कप्तान०, शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी



सम्वन्धित समाचार
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै