काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ ।
विहीबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान अधिवेशनको समीक्षा, नेताहरुको जिम्मेवारी बाँडफाँट र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने भएको छ ।
आगामी चैत १ देखि १५ गतेसम्म हुने तराई मधेश जागरण अभियान र आगामी वैशाख १ देखि १५ गतेसम्म हुने हिमाल, पहाड, तराई एकता अभियानको विषयमा पनि बैठकमा छलफल हुन सक्ने छ ।
त्यस्तै अभियानको रुट, लिडर र कार्यक्रमको खाकाको विषयमा पनि छलफल रहनुका साथै सरकारका काम र गठबन्धनको समीक्षा पनि हुने जनाएको छ ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन