काठमाडौं । आईसीसी वर्ल्डकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाले नेपाललाई २ विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो ।
नामिबियाका कप्तान जेर्हार्ड इरासमसले ५२, माइकल भान लिंगेनले ३१ र जेजे स्मितले अविजित ३४ रन बनाए । १८ रन जोड्दा २ विकेट गुमाएको नामिबियाका लागि इरासमस र भान लिंगेनले ५२ रनको साझेदारी गरेका थिए ।
त्यसपछि ११८/६ र १४२/७ को अवस्थामा पुगे पनि जेजे स्मितले सम्हालिएर खेल्दै टोलीलाई जीततर्फ डोर्याएका थिए । उनले जेन ग्रिनसँग सातौं विकेटका लागि २४ र आठौं विकेटका लागि रुबेन ट्रम्पलम्यानसँग २२ रनको साझेदारी गरेका थिए ।
नेपालका कुशल भुर्तेलले ३ ललित राजवंशी, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।



सम्वन्धित समाचार
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै