काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत तेस्रो खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ । ३७. १ ओभरमै सबै विकेट गुमाएर नेपालले १६८ रन बनाएको हो ।
नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।
कप्तान रोहित पौडेल, अनिल साह र देव खनाल शून्य रनमै आउट भए ।
नामिबियाका बर्नार्ड स्कोल्जले ४ र निकोल लोफ्टि-इटनले ३, ज्याक ब्रेसल र जेराल्ड एरास्मसले एक/एक विकेट लिएका हुन् ।



सम्वन्धित समाचार
एनपिएल: सुदूरपश्चिमको लगातार पाँचौं जित, जनकपुरको लगातार चौथो हार
एनपिएलः विराटनगर र चितवन राइनोजबीच खेल हुने
लुम्बिनी लायन्सलाई २२ रनले हराउँदै काठमान्डु गोर्खाजको दोस्रो जित
एनपीएल दोस्रो संस्करणको तिथि घोषणा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
विश्वकप लिग २ क्रिकेट : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै