काठमाडौं– विश्व सामाजिक मञ्चको सन्दर्भ पारेर काठमाडौंमा अन्तरमहादेशीय युवा मञ्चको भेला सम्पन्न भएको छ । यहि फाल्गुन ५ देखी ७ सम्म काठमाडौंको भृकुटीमण्डपमा संचालन भएको अन्तरमहादेशिय युवा मंञ्च १२ वुदेँ घोषणापत्र जारी गर्दै समापन भएको हो ।

युथ एड्भोकेसी नेपालको संयोजन तथा ६० वटा भन्दा बढी संघ संस्थाको आयोजनामा संचालन भएको युवा मंचको उद्घाटन समारोहमा भारत, दक्षिण अफ्रिका, नेपाल, अमेरिका, कोलम्विया, फिजी, फ्रान्स, प्यालेष्टाईन लगायतका देशका युवा अधिकारकर्मीहरुले मन्तव्य राखेका थिए ।

यस सँगै मञ्चको अवधीमा शिक्षा, शान्ति, असमानता, महिलावाद, आप्रवासन, युवाको सहभागिता लगायतका दशवटा सत्रमा विभिन्न देशका युवाहरुले आफ्ना विचार राखेका थिए । मञ्चमा ५ हजार भन्दा वढी युवाहरुको सहभागिता थियो ।

मंञ्चमा ४० भन्दा वढी देशका युवाहरुको सहभागिता रहेको अन्तरमहादेशिय युवा मंञ्चका संयोजक नरेन्द्र खतिवडाले वताए । नवउदारवाद, वजारवाद, विश्वव्यापीकरण र नीजिकरणले युवाहरुलाई कसरी शोषण गरिरहेको छ र यस सँग कसरी संघर्ष गर्न सकिन्छ भनेर युवाहरुविचमा सघन वहस भएको खतिवडाले जानकारी दिए । मञ्चको अवधीमा वैकल्पिक कलाको प्रदशनी, युथ क्याप लगायतको कार्यक्रमहरु पनि आयोजना गरिएका थिए ।

हेर्नुहाेस् घाेषणापत्र





सम्वन्धित समाचार
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता