नेपालले नामिबियाविरुद्ध ब्याटिङ गर्दै



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालविरुद्ध नामिबियाले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल र नामिबिया दुवै विजयी सुरुवात गर्न चाहन्छन् । पछिल्लो एक वर्षमा नेपालले घरेलु मैदान टीयुमा ओडीआई खेल हारेको छैन । नेपाल घरेलु मैदान, दर्शक, कन्डिसन र आफ्नो उच्च लयलाई निरन्तरता दिँदै विजयी सुरुवात गर्ने सोचमा हुनेछ ।

नेपाल र नामिबियाबीच ६ ओडीआई खेल भएका छन् । जसमा नेपाल २ खेलमा जित, ३ मा हार र १ खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो ।

नेपालको टोली प्लेइङ ११

नेपाली टिम : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, गुल्सन झा, अनिलकुमार शाह, कुशल मल्ल, भीम सार्की, सोमपाल कामी, करण केसी, पवन सर्राफ, ललित राजवंशी

नामिबियाको प्लेइङ ११

जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिथ (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि९इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल र बर्नार्ड स्कोल्ज ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.