काठमाडौं । अवैध रुपमा यूएईको मुद्रा लिएर जान खोज्नेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जुगल गाउँपालिका–२, सिन्धुपाल्चोक घर भएकी १९ वर्षीया सुस्मिता गोले छिन् ।
उनलाई विमानस्थल प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको जनाइएको छ ।
फ्लाई दुबईको उडानमार्फत जान लागेकी उनको साथबाट प्रहरीले होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा १० हजार यूएई दिराम र १ लाख ४९ हजार साउदी रियाल फेला पारेको थियो ।
बरामद रकमबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सम्वन्धित समाचार
एनपीएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिम र लुम्बिनी तथा जनकपुर र पोखरा खेल्दै
“Unlocking Opportunities: Association Act 2082 for Inclusive Development”
Impulsiveness in Poetic Discourse
संवैधानिक राष्ट्रिय युवा आयोग गठनको माग
साउनकाे पहिलो साेमबारकाे अवसरमा मन्त्री पाण्डेले गरे पशुपतिनाथ मन्दिरकाे अनुगमन
अघिल्लो वर्षको तुलनामा राजस्व १ खर्ब २० अर्बले बढ्यो