राजकुमार कार्की करिब ३५ वर्षअघि सिन्धुलीबाट एसएलसी उत्तीर्ण गरेर काठमाडौं आएका थिए।
त्रिचन्द्र कलेजमा भर्ना भएर पढाइ सुरू गरे। आफन्तसँग बसे पनि पढाइ खर्च जुटाउन काम गर्नैपर्ने बाध्यता थियो। बिहान कलेज गएर दिउँसो एउटा गार्मेन्टमा काम थाले।
गार्मेन्टका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आउँथ्यो। उत्पादन पनि सबै बाहिरै जान्थ्यो। त्यहाँ उनले पाँच वर्ष काम गरेर केही अनुभव बटुले।
‘केही आइडिया भएपछि आफैंले यस्तो व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने भयो,’ राजकुमारले भने, ‘गार्मेन्टकै अनुभवले जागिरमा भन्दा व्यापारमा फाइदा हुन्छ भन्ने निष्कर्षमा पुगेँ म।’
उनले सुरूमा भारतबाट साडी, कुर्ता र अन्य केही लुगा ल्याएर बेच्न थाले। दुई वर्ष यो काम गरेपछि उनलाई विदेश जाने हावाले छोयो। अमेरिका जान प्रयास गरे। सबै तयारी गरेर भिसाका लागि आवेदन दिए। पाएनन्।
‘अमेरिका जाने चक्करमा ३५ हजार रूपैयाँ डुबाएँ। त्यो जमानामा काठमाडौंमा त्यति पैसाले रोपनी नै जग्गा आउँथ्यो,’ उनले सम्झिए।
सम्वन्धित समाचार
अरुण समातिएपछि विनोद चौधरी : सरकारले हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध
अप्पर तामाकोशीको लिलामी शेयरमा १ सय ४६ रुपैयाँ भन्दा बढी मूल्य राख्नेले पाउने
अखबार पाना नमूना शीर्षक