वरिष्ठ समाजसेवी मिङ्माले गराए अपाङ्गता भएका व्यक्तिलाई भोजन 



काठमाडौँ । वरिष्ठ समाजसेवी मिङ्मा दोर्जी शेर्पाले बडा दशैंको महाष्टमीको दिन पारेर अपाङ्गता भएका व्यक्तिहरूलाई भोजन गराउनु भएको छ ।
सादा जीवन र उच्च विचार राख्ने वरिष्ठ समाजसेवी शेर्पाले शुक्रवार काठमाडौँको तारकेश्वर नगरपालिकामा अवस्थित अपाङ्ग सेवा केन्द्रमा रहेका ३२ जना अपाङ्गता भएका व्यक्तिहरूलाई दशैं अवधिभर पुग्ने गरी भोजनको व्यवस्था गर्नु भएको हो । चाडबाडको अवसरमा अनावश्यक तड्क भडक गर्नु भन्दा मानवताको दृष्टिकोणले आफूले सेवा गर्न पाउँदा खुसी लागेको शेर्पाको भनाइ रहेको छ ।
उहाँले गरिब,दुखी र पीडितहरूलाई सहयोग गर्दा निकै आनन्द र खुसीको आत्मानुभूति हुने भएकाले आफूले भोजन गराउन पाउँदा मनलाई खुसी मिलेको बताउनु भयो । वरिष्ठ समाजसेवी शेर्पाले दुर्गम हिमाली जिल्ला बाजुरा लगायत डोटी कैलाली हुँदै हालैको बाढी पहिरो प्रभावित जिल्ला काभ्रेमा समेत लाखौँको राहत सहयोग गर्नु भएको थियो ।

सीप मार्फत स्वावलम्बी बन्दै अपाङ्गता भएका व्यक्तिहरू

हाम्रो समाजले अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा अझैँ परिवर्तन हुन सकिरहेको छैन । समाजमा अपाङ्गता भएका व्यक्तिहरूलाई हेला होचो गर्ने तमाम भेटिन्छन्। उनीहरूलाई घर परिवार मात्रै नभई समाजको बोझको रूपमा हेर्दा अपाङ्गता भएका व्यक्तिहरूलाई पुन स्थापित हुन निकै कठिन पर्छ । शारीरिक रूपमा अपाङ्गता भए पनि मानसिक रूपमा तन्दुरुस्त हुने हो भने शारीरिक रूपमा अपाङ्गता भए पनि सपाग व्यक्तिको भन्दा कम हुँदैनन् । जसको उदाहरणको रूपमा हेर्न सकिन्छ तारेकेश्वर नगरपालिमा रहेको अपाग सेवा केन्द्रलाई । जसका अध्यक्ष हुनुहुन्छ चन्द्र बहादुर खत्री । खत्री स्वयम् शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ । तर पनि उहाँले ३२ जना अपाङ्गता भएका व्यक्तिहरूलाई आश्रय मात्र नभई उनीहरूलाई सीप मार्फत रोजगारी दिलाई रहनु भएको छ ।

दोलखा जिल्लाको जिरी घर भएका चन्द बहादुर सानै हुँदा आमाको मृत्यु भयो । आमाको मृत्यु पश्चात् उहाँ १४ वर्षकै उमेरमा काठमाडौँ आउनु भयो  । काठमाडौँ आउँदा उहाँसँग न बस्ने ठेगाना थियो, न त खाने नै । शारीरिक रूपमा अपाङ्गता भएकै कारणले उहाँले भने जस्तो सहज काम समेत भेट्नु भएन । काठमाडौँ आएर कयौँ वर्ष खुला आकाशमुनि पानी बेचेर गुजारा चलाउनु भयो । मानसिक रूपमा निकै सबल रहनु भएका चन्द्र बहादुरले धूप,साबुन बनाउने लगायतका तालिम लिएर विभिन्न सङ्घ संस्थासँग सम्बद्ध भई काम गर्नु भयो ।

विभिन्न सङ्घ संस्थासँग आबद्ध हुँदा चन्द्र बहादुरको दैनिकी राम्रै चलेको थियो । तर चन्दू बहादुरले त्यतिमा मात्रै चित्त बुझाउनु भएन । उहाँले आफू जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्नका लागि वि।स।२०७० सालमा अपाङ्ग सेवा केन्द्र नामक संस्था समेत खोल्नु भयो । उक्त संस्था खोलिसकेपछि उहाँसँग सयौँ अपाङ्गता भएका व्यक्तिहरू जोडिनु भयो । राज्य र सरकारले समेत उनीहरूलाई बेवास्ता गरे पनि विभिन्न दाताहरूको सहयोगमा चन्द्र बहादुरले अपाग सेवा केन्द्रलाई सीप केन्द्रको रूपमा अघि बढाउनु भयो ।

 

उहाँले सञ्चालन गरेको केन्द्रमा विभिन्न किसिमका खेलौना, पर्स लगायतका सामग्रीहरू बनाउने तालिम दिइन्छ । जहाँ अपाङ्गता भएका व्यक्तिहरू बिहान १० देखि साँझ ५ बजेसम्म काम गर्नुहुन्छ । उहाँहरूले आफैले उत्पादन गरेका सामग्रीहरू हल अमेरिका,अष्टेलिया लगायतका विदेशी मुलुक र काठमाडौँको न्यूरोड लगायतका क्षेत्रमा समेत खपत हुँदै आएको छ । सीप सिकाएर अपाङ्गता भएका व्यक्तिहरूलाई स्वावलम्बन बनाउन पाएकोमा चन्द्र बहादुर खुसी भएको अनुभूति बताउनुहुन्छ ।

राज्य पक्षलाई हार गुहार गर्दा समेत कुनै सहयोग नपाएको अपाङ्ग सेवा केन्द्रको लोप लाग्दो सीप र उत्पादित वस्तुहरूको हेर्दा कुनै सपाङ्गता भएका व्यक्तिहरूको भन्दा कम मान्न सकिँदैन । तर राज्यले छुट्टाउने सेवा सुविधाहरूको दुरुपयोग भइरहँदा अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्नु र आवश्यक ज्ञान सीप बाँड्न जरुरी देखिन्छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.