पत्रकार फुर्पा शेर्पा सम्मानित



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विश्व पर्यटन दिवसको अवसरमा पत्रकार फुर्पा शेर्पा सम्मानित भएकी छन् ।

शुक्रबार आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई सम्मानपत्र प्रदान गरेका हुन् । शेर्पाले लामो समयदेखि पर्यटन विधामा लेखन गर्नुका साथै हिमालहरु पनि आरोहण गर्दै आएकी छन् ।

 

पर्यटन मन्त्रालयबाट सम्मानित हुने अन्य व्यक्ति तथा संस्थाहरुमा ट्रेकिङ एजेन्सीहरुतर्फबाट हिमालयन इन्काउन्टर्स प्रा.लि., ट्राभल एण्ड टुर्सहरुतर्फबाट सीता वर्ल्ड ट्राभल नेपाल प्रा.लि., होटल तथा रिसोर्टतर्फ एभरेष्ट हस्पिटालिटि लि., साहसिक खेलतर्फ हिमालयन स्काइड्राइभ प्रा.लि. एयरलाइन्स कम्पनीतर्फ नेपाल वायुसेवा निगम छन् ।

त्यस्तै, कुटनीतिक नियोगतर्फ नेपालस्थित अमेरिकी दूतावास, सिन्तामणि रिसोर्ट, मुस्ताङ होटल तथा रिसोर्ट, स्वर्गीय होटल व्यवसायी श्यामबहादुर पाण्डे (मरर्णोपरान्त), ट्रेकिङ, होटल तथा सम्पदा संरक्षणतर्फ स्वर्गीय अम्बिका श्रेष्ठ (मरर्णोपरान्त), होटल एशोसियसन नेपाल (हान)का अध्यक्ष विनायक शाह, नेपाल एशोसियन अफ राफ्टिङ एजेन्सिज (नारा)का अध्यक्ष शिव अधिकारी, पर्वतारोहण क्षेत्रबाट निमा रिन्जी शेर्पा, फुन्जो झाङ्मु लामा, पूर्णिमा श्रेष्ठ छन् ।

त्यस्तै गरेर, हेली रेस्क्युतर्फ छिरिङ पाण्डे भोटे, आङ टासी शेर्पा र क्याप्टेन विवेक खड्का, होमस्टेतर्फ पिप्रहर सामुदायिक होमस्टे ग्राम, ट्राभल एण्ड टुर्सतर्फ रवीन्द्रमान सिंह प्रधान, चिनियाँ फोटोग्राफर से छुई सानदोङ, र्याफ्टिङतर्फ निमबहादुर मगर, हिन्दी चलचित्रतर्फ उचाइँ चलचित्रका निर्देशक सुरज बर्जत्य, उड्डयनतर्फ बुद्ध एयर, नेपाली चलचित्रतर्फ शाम्भाला चलचित्रका निर्देशक मीनबहादुर भाम छन् ।

 

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.