काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले कार्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको हो । यस निष्काशनमा मङ्सिर ५ गतेसम्म आवेदन दिन सकिने छ ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको शेयर बाँडफाँड भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।
कम्पनीले सर्वसाधारणलाई २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्ने छ । नेपाल धितोपत्र बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले भदौ २६ गते बोर्डमा आवेदन दिएकोमा ३५ दिन मै आईपीओ निष्काशनको अनुमति पाएको हो । हिमालयन रि–इन्स्योरेन्स निजि क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो।
सम्वन्धित समाचार
प्रकाश थापाको “सम्झना आँउन्छ की कै लै” नामक गीत सार्वजनिक ( भिडियो सहित)
प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपाको अवरोध
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता
देशभर तापक्रम बढ्न थाल्यो
समावेशी शिक्षासम्बन्धी ५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै