चौथो राष्ट्रिय युवा अधिकार महाभेला १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न 



काठमाडौँ । चौथो राष्ट्रिय युवा अधिकार महाभेला विभिन्न १३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । २५ औँ अन्तर्राष्ट्रिय युवा दिवस २०८१ का सन्दर्भमा  यूथ एड्भोकेसी नेपालको संयोजन तथा राष्ट्रिय युवा परिषद्, भिएसओ, एक्सन एड नेपाल, युवा अभियान, ग्रासरुट्स डिभेलपमेन्ट फाउन्डेसन, ग्लोबल पिस फाउन्डेसन, रोयम नेपाल, युवालय लगायतका ३० वटा भन्दा बढी सङ्घ संस्थाको सहकार्यमा  श्रावण २६ देखी २८ सम्म भएको महाभेलाले उक्त घोषणापत्र जारी गरेको हो ।
 २०० भन्दा बढी युवाहरूको सहभागितामा राष्ट्रिय युवा अधिकार महाभेला आयोजना गरी उक्त महाभेलामा भएका छलफलका आधारमा सम्बन्धित सरोकारवालाई ध्यानाकर्षण गर्ने उद्देश्यले १३ बुँदे घोषणापत्र जारी गरिएको छ ।
यस्ता छन् घोषणापत्रमा जारी भएका बुँदाहरू 
१. युवाहरूको जनसङ्ख्याको आधारमा राज्यका हरेक तह र तप्कामा अर्थपूर्ण नेतृत्व र सहभागिता सुनिश्चित गर ।
२. सबै तह र तप्काका युवाहरूलाई गुणस्तरीय, प्रविधिमैत्री तथा समावेशी शिक्षा तथा सर्वसुलभ स्वास्थ्यमा पहुँच सुनिश्चित गर ।
३) शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएको निजीकरण र व्यापारीकरणका कारण गरिब, पछाडि पारिएका र भौगोलिक रूपमा बिकटमा रहेका नागरिकहरू गुणस्तरीय र सुलभ शिक्षाबाट वञ्चित भएको परिप्रेक्ष्यमा सार्वजनिक शिक्षाको गुणस्तर अविलम्ब वृद्धि गर ।
४) जलवायु परिवर्तनको कारणले सीमान्तकृत र अल्पसङ्ख्यक नागरिकहरूमा परेको समस्यालाई सम्बोधन गर्न जलवायु न्याय सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिनु गर ।
५) विकासको नाममा हरित गृह ग्याँसको उत्सर्जन गरी पृथ्वीको तापक्रम बढाई मानव जगतलाई खतरामा पार्ने देशहरूसँग समस्या समाधानका लागि जलवायु वित्त लगायतका विषयमा भएका असमानता अन्त्यका लागि अविलम्ब वार्ता गर ।
६) नागरिक अधिकार सुनिश्चितताको लागि अभिव्यक्ति स्वतन्त्रता, सङ्घ सङ्गठन गर्ने स्वतन्त्रता तथा भेला हुने स्वतन्त्रता सम्बन्धी कानुनी अड्चन तथा वाधालाई तत्काल सम्बोधन गर ।
७. स्वयंसेवकहरूको पहिचान, सुरक्षा, बृद्धिविकास तथा व्यवस्थापनका लागि अविलम्ब स्वयंसेवा नीति जारी गर ।
८. वर्तमान युवाको चासो र सरोकारलाई मध्यनजर गर्दै राष्ट्रिय युवा नीति २०७२ संशोधन गर ।
९. सङ्घीय  संरचना अनुसार राष्ट्रिय युवा परिषद् ऐन, २०७२ संशोधन गर ।
१०) युवाहरूका लागि स्वदेशमै सिप प्रदान गरी रोजगारी तथा स्वरोजगारी सुनिश्चित गर ।
११) वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर ।
१२) नेपालले खनिज इन्धन रहित भविष्य सुनिश्चित गर्न अगाडी बढ्नुपर्ने र १०० % नवीकरणीय ऊर्जाको प्रवर्द्धन गरी २०४५ सम्ममा खनिज इन्धन रहित नेपाल निर्माण गर्न सक्रियताका साथ कार्य गर ।
१३). संसद् तथा संवैधानिक पदहरूको उम्मेदवारीमा भएको न्यूनतम उमेरको हदलाई हटाइ उक्त पदहरूमा युवाको पहुँचलाई सुनिश्चित गर ।
Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.