काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति पारित गर्न अहिले राष्ट्र बैंक सञ्चालक समिति बैठक बसिरहेको छ ।
मौद्रिक नितिको प्रमुख औजार मानिने नीतिगत दरहरूमा सामान्य परिवर्तन गर्दै बजार चलायमान बनाउनेगरी नीतिगत व्यवस्था परिमार्जन गर्नेगरी मौद्रिक नीति सार्वजनिक गर्ने केन्द्रीय बैंकको तयारी छ ।
जारी बैठकमा मौद्रिक नीति पारित तथा आर्थिक वर्ष २०८०/८१ को राष्ट्र बैंकको प्रारम्भिक वित्तीय प्रतिवेदनमाथि छलफल गर्ने एजेण्डा रहेको बताइएको छ ।
गत साता नै नेपाल राष्ट्र बैंक व्यवस्थापन समितिको बैठक बसेर मौद्रिक नीतिको छलफल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाकार डा। युवराज खतिवडा बनेपछि प्रधानमन्त्री र खतिवडाले गभर्नरसँग मौद्रिक नीतिको ब्रिफिङ लिएका थिए । ब्रिफिङपछि केही कुरा थप गर्नु पर्ने भन्दै मौद्रिक नीति १ हप्ता पछाडि धकेलिएको थियो ।
बाह्य अर्थतन्त्र राम्रो हुँदै गएको बेला मौद्रिक नीतिले आन्तरिक अर्थतन्त्र बलियो बनाउने तर्फ केन्द्रित हुने स्रोतको भनाइ छ ।
‘शेयर बजार, घरजग्गा कारोबार र उत्पादन क्षेत्रलाई केन्द्रित गरेर मौद्रिक नीति आउने छ । शेयर धितो कर्जालाई व्यक्तिका हकमा ३० करोड र संस्थाका हकमा ५० करोड बनाउन खोजिएको छ । घर जग्गा कर्जाको सीमा बढाउने तयारी रहेको छ । बैकले प्रवाह गर्ने कुल ऋणको कति प्रतिशत कुन क्षेत्रमा ऋण प्रवाह गर्ने सीमामा पनि केही हेरफेर हुने छ । बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो कूल कर्जाको ३ प्रतिशतसम्म कर्जा शेयर धितोमा दिन सक्ने व्यवस्था गर्ने तयारी रहेको छ’, राष्ट्र बैंक स्रोतले भन्यो ।
बजेटले समेट्न नसकेको क्षेत्रमा मौद्रिक नीतिमार्फत सम्बोधन गर्न निजी क्षेत्रले माग गरिरहेका छन् । नयाँ बजेट आउँदा निजी क्षेत्रले आफूहरूले अपेक्षा गरेअनुसारको बजेट नआएको बताएका थिए ।
शेयर लगानी कर्ताहरूले पनि लगानीमैत्री मौद्रिक नीति आउने अपेक्षा गरिरहेका छन् ।
‘मौद्रिक नीति आर्थिक गतिविधि चलायमान बनाउनेमा नै केन्द्रित हुन्छ । मौद्रिक नीतिलाई बाँधेर राखेको नियामकीय नीतिमा आवश्यक परिमार्जन गर्नेमा मौद्रिक नीति लक्षित रहेको छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘सबैले बताउँदै आएका र महसुस गरेका समस्या केन्द्रीय बैंकले बेवास्ता गर्न सक्दैन । केन्द्रीय बैंकले आफ्नो क्षेत्राधिकारभित्र रहेर शिथिल अर्थतन्त्रलाई चलायमान बनाउनेगरी मौद्रिक नीति ल्याउने भएको छ ।’
सम्वन्धित समाचार
हिउँदे अधिवेशनमा मन्त्रालयसँग सम्बन्धी विधेयकहरु प्रस्तुत हुने छन्ः मन्त्री पाण्डे
आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
प्रधान्यायाधीशमा प्रकाशमान सिंहको नाम सिफारिस
दुर्घटना छानविन र हवाई उड्डयनमा सेवा प्रदाय र नियामक निकाय छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्योः मन्त्री पाण्डे
नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन
६० औँ बाल दिवस विशेष : वक्तृत्वकलामा विनिता र निबन्ध लेखनमा हस्तीमाया प्रथम