मिन बहादुर खड्का काठमाडौं : मध्यरातमा प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गरी एमाले र कांग्रेस बीच भएको सहमतीले सरकारको नेतृत्व गरिहेका प्रधानमन्त्री स्वयम अहिले रन्थनिएका छन् । सत्ताबाट हात धुनुपर्ने छट्पटीले प्रचण्ड बेचैन जस्तै बनेका छन् । संसदका दुई ठुला दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपनि प्रचण्डले भने प्रधानमन्त्रीबाट राजिनामा नदिने बरु संसदबाट बिश्वासको मत माग्ने अडान लिएका छन् ।
यसैबीच राजनीति बृतमा नयाँ चर्चा सुरु भएको छ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर अर्को प्रस्ताब गरेको खुलासा भएको छ। प्रचण्डले देउवाललाई फाने गरेर “तपाई प्रधानमन्त्री बन्नुस् , रास्वपासहितको गठबन्धन बनाऊँ” भनेको चर्चा यतिबेला सुरु भएको हो ।
प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिने र संसदबाट बिश्वासका मत लिने भने संगै राजनितिी बृतमा नयाँ चर्चा सुरु भएको छ। हिजोमात्रै एमाले कांगूेस मिलेर सरकार बनाउदैछन् भन्ने सुइको पाए लगत्तै एमाले ओलीलाई टेलिफान गरेर प्रधानमन्त्री बन्न बिन्ती बिकाएमा प्रचण्डको आग्रह ओलीले मानेनन् । हिजो मध्यरातमा नयाँ सत्ता समीकरण बनाउने एमाले र कांग्रेसको सहमति पछि दाहालले सभापति देउवालाई आज फोन गरेको श्रोतको दाबी छ।
प्रधानमन्त्री दाहालले रास्वपासहितको गठबन्धन बनाउन देउवालाई फोनबाट आग्रह गरे पनि देउवाले इन्कार गरेको श्रोतको दाबी छ। । ‘रास्वपासहितको गठबन्धन बनाऊँ’ भन्दै कांग्रेस सभापति देउवालाई दाहालले गरेको फोनमा देउवाले अब ‘त्यो च्याप्टर क्लोज भइसक्यो’ भन्दै जवाफ दिएको एकजना कांग्रेस नेताले बताएका छन् । दुई दलका शीर्ष नेताबीच हिजो मध्यराति सत्ता सञ्चालनको सहमति पत्रमा हस्ताक्षर भएको हो । दुई दलबीच पहिलो डेढ वर्ष एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नु हुने छ भने त्यसपछि कांग्रेस सहमति देउवाको नेतृत्वमा सरकार बन्ने छ ।
सरकारको नेतृत्व गर्ने दलले ९ र सहयोग गर्ने दलले दश मन्त्रालय लिने सहमति पनि भएको छ । उसैबीच नयाँ सरकार गठनको प्रक्रिया भन अन्यौलमा छ । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि लिएको छ ।अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि रास्वपा श्रोतले बताएको छ। यो गठबन्धन देश हितमा नरहेको र राजनीतिक स्थायित्व दिने विश्वास पनि नरहेको रास्वपाका नेताहरुले बताएका छन् । दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने उनको टिप्पणी छ । यता राप्रपाले पनि नयाँ गठबन्धनमा सहभागी हुने नहुने बिषयमा छलपल गर्न बैठक बोलाएको छ यसरी सामा दलहरु पनि सरकारमा सहभागी हुने की नहुने भनने बिषयमा छललिमा जुटेका छन् ।
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले ठूला दल मिलेर तानाशाही सरकार बनाउन खोजेको आरोप लगाएको छ। कांग्रेस–एमाले सत्ता गठबन्धनलाई चरम अवसरवादको संज्ञा उनले दिएका छन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि संसदका ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति भएको टिप्पणी गरे।उनले भने, ‘बहुदलीय राजनीतिको अपचलन संस्कृति हो।
मुलुकलाई अस्थिरताको चक्रब्यूहमा फसाउने काम हो। दुई ठूला दल मिलेर सत्ता चलाउने कुरा नमिल्दो कुरा हो। यो लोकतन्त्रका निम्ति पनि खतरा हो। प्रणालीलाई कमजोर पार्ने काम भएको छ।’ सत्ता सम्झौतालाई लिएर संविधानको मर्मविपरीत संविधान संशोधन गर्छौँ भन्ने कुरा अस्वीकार्य भएको बताए।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत