छेडेदहमा खस्किदै शैक्षिक गुणस्तर एसईईमा ४ बिद्यालय निल, १५ जना मात्रै पास



मिन बहादुर खड्का काठमाडौं : खप्तड छेडेदह गाउँपालिकाको यो वर्षको एसईई परिक्षाको नतिजा निकै निराश जनक आएको छ । उसो त जिल्लाभरकै नतिजा निकै कमजोर देखिएको छ। यसमा पनि खप्तड छेडेदह गाउँपालिकको नतिजा झन ओरालो लाग्दै गएको टिकाटिप्पणी भैरहेका छन् ।

गाउँपालिकाको शिक्षा शाखाका अनुसार गाउँपालिकाका ९ वटा माध्यामिक बिद्यालयबाट १३५ जना छात्रा र १४४ जना छात्र गरी जम्मा २७९ जना विद्यार्थी एसईई परिक्षामा सहभागी भएकोमा १७ जना विद्यार्थी मात्रै उतिर्ण भएका छन् । सहभागी मध्य अन्य २६२ जना विद्यार्थी सवै अनुत्तीर्ण भएका छन् । उतिर्ण भएका मध्य पनि कुनै विद्यार्थीले पनि सन्तोषजनक नतिजा ल्याउन सकेका छैनन् ।

खप्तड छेडेदह गाउँपालिकाको वडा न . १ मा रहेको काँडा भवानी माविका २ जना, वडा न.२ मा रहेको मालिका मावि गाँन्ज्राका १,वडा न . ३ मा अवस्थित भवानी मावि पुडावाउला १ जना, वडा न .४ मा अवस्थित खापरदेवस्थली माविका ३ जना, वडा न .५ को मष्टेश्वरी मावि डाेगडी ८ जना र  गरी ५  बिद्यालयबाट १७ जना उतिर्ण भएका छन् भने अन्य निल भएका ३ बिद्यालय वडा न . २ मा माटेसाँघुमा रहेको देवस्थली मावि, वडा न . ७ मा अवस्थित, दशरथ मावि, सरस्वती मावि र वडा न ६ मा रहेको जाल्पा मावि सुदाडा रहेका छन् । यी बिद्यालयबाट परिक्षामा सहभागी सबै विद्यार्थी अनुत्तीर्ण भएका छन् । गाउँपालिका भरीबाट मश्टेश्वरी माध्यमिक बिद्यालय पहिलो बनेको छ । उक्त बिद्यालयबाट ८ जना विद्यार्थी उतिर्ण भएका छन् । यस्तै खापर देवस्थली माबि दोश्रो बनेको छ उक्त बिद्यालयका ३ जना परिक्षार्थी उतिर्ण भएका छन् ।

उसो त हरेक वर्ष खप्तड छेडेदह गाउँपालिकाको नतिजा निराशजनक नै सार्वजनिक हुने गरेको छ । तर हरेक वर्ष शैक्षिक गुणस्तर खस्किदै गएको भएपनि जिम्मेवार हुनुपर्ने निकाय लाचार बनेको आरोप सर्वसाधारणको छ । खस्किदै गएको शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला निकायहरु तप जिम्मेवार भएर नयाँ ढङ्गले अगाडी पढ्नुको अर्को विकल्प नरहेको टिकाटिप्पणी भैरहेका छन् ।

अर्कोतिर शिक्षकले विद्यार्थीलाई, विद्यार्थीले शिक्षकलाई, अभिभावकले विद्यार्थी, शिक्षक र स्थानीय सरकारका जनप्रतिनिधिलाई दोष थुपारिरहेका छन् । एकले अर्कालाई आरोप प्रतिआरोप लगाउदै आफ्नो कमजोरी ढाकछोप गर्ने र अरु माथि दोष थुपारेर पानी माथिको ओभानो बन्न खोजिरहेको देखिन्छ ।

हरेक वर्षको एसईई परिक्षामा गाउँपालिका भरीकै नतिजा निराशजन आउँदा पनि सुधारका लागि जिम्मेवार निकायले नै सक्रियता नदेखाउनु जिम्मेवार नहुनु प्रमुख कारण रहेको युवा विद्यार्थी गणेश बुढा जिएन बताउन्छन् ।

उनले भने,”नतिजा राम्रो नआउनुमा विद्यार्थी,शिक्षक,अभिभावक, बिद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार सबैको आआफ्नै कम्जोरी छ, मेरो छोराछोरीले के पढ्दै छ, कस्तो गर्दैछ भनेर वास्ता नगर्ने अभिभावक, नतिजा प्रकाशन पछि मात्रै टिकाटिप्पणी गर्छन्, विद्यार्थीहरु पढ्ने बेलामा कोही बिद्यालय नजाने, कोही बीचमै भागेर घर फर्किने, पढाई भन्दा बाहेकका कुरामा बढी ध्यान दिन्छन्,शिक्षकहरुको पनि लापरबाही नै छ, शिक्षकहरुलाई जे गर्न पनि छुट हामीले नै दिएका हौँ, अभिभावकले हो शिक्षकलाई किन पढाउनु हुन्न, आफ्ना बालबालिका प्रति नतिजा प्रकाशन हुने बेला मात्रै अभिभावक चिन्तित भएर हुँदैन हरेक दिन हुनुपर्छ ”

विद्यार्थीकै कमजोरीले नतिजा निराशजनक आएको हो भनेर आफ्नो कमजोरी ढाकछोप गर्ने छुट कसैलाई नभएको बुढा बताउन्छन् । स्थानीय सरकारले पनि शिक्षक अभिभावक, विद्यार्थी,र बिद्यालय प्रशासनको कमजोरी देखाएर उम्किने छुट नभएको उनले बताएका छन् ।”अधिकांस बिद्यालया विद्यार्थीका लागि उपयुक्त भौतिक संरचना नै राम्रो छैन, शैक्षिक शस्त्रको अन्त्य तिर कोर्ष पुरा भएको हुँदैन, विद्यार्थीहरु सदरमुकाम मार्तडी लगायतका ठाउँमा गएर ट्युसन कक्षा पढ्नुपर्ने बाध्यता छ बुढाले थपे”

स्थानीय सरकारले सन्तोषजनक लगानी शिक्षामा गर्न नसकेको जनप्रतिनिधि शैक्षिक गुणस्तर सुधारमा चाँसो नदेखिएको एक स्थानीयको आरोप छ । जनप्रतिनिधिको काम भाषण गर्ने मात्रै हो, चुनाबका बेला गुणस्तरीय शिक्षाको नारा दिएर भोट माग्ने, हरेक वर्षको निति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राखेका छौँ भन्ने यसको उपलब्धि के भयो त ? ती स्थानीयले भने । गाउँपालिकालाई पटकपटक सुझाव दिदा समेत अटेरी गरेको र शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार गम्भीर नभएको अभिभावक निकट श्रोतको दाबी छ ।

कतिपय अभिभावकहरु स्वयं विद्यार्थीको कमजोरी भएको बताइरहेका छन् । अधिकांस अभिभावकको बिद्यालयमा शिक्षकले राम्रो नपढाएको र बिद्यालयलाई राजनीति गर्ने थलोका रुपमा प्रयोग गरेको गुनासो छ ।”हामीले दु:ख गरेर घरबाट बिद्यालय पठाएकै हुन्छौं,आफु खाई नखाई पढाउन्छौँ, छोराछोरी आफै पढ्दैनन् की विद्यार्थी, शिक्षक पढाउदैनन् की ? परिक्षामा पास हुदैनन् ” वडा न . ३ की जानकी खड्काले भनिन् । उसो त कतिपय अभिभावकहरुले छोराछोरीलाई बिद्यालय पठाउनु कापी कलम किनिदिनु, मात्रै आफ्नो कर्तव्य हो भन्ने ठानेका कारण पनि थप समस्या हुने गरेको टिकाटिप्पणी भैरहेका छन् ।

यता शिक्षलहरु भने नतिजा कमजोर आउनुको सबै दोष शिक्षकलाई मात्रै थुप्रार्न नहुने बताउन्छन् । बाहिर भने जस्तो, हल्ला फैलाएर आरोप लगाए जस्तो वास्तविकता नभएको खापर देवस्थली माध्यामिक बिद्यालयका शिक्षक नरेन्द्र धामी बताउन्छन् । शिक्षकहरुका पनि कमजोरी होलान् तर सवै दोष शिक्षकलाई नै दिन नमिल्ने बताउदै उनले शिक्षकहरुले प्राय आफुले पढाएको विद्यार्थी रा होस् भन्ने चाहाने बताएका छन् ।

उनले भने, ” शिक्षकहरुको कमजोरी नै छैन त भन्दैनौ तर यसको सबै दोष शिक्षकलाई नै दिनहुन्न भन्ने हो, बिद्यालयमा पढाउने कुनै पनि शिक्षकले आफ्नो विद्यार्थी अनुत्तीर्ण होस् आफ्नो बिद्यालयले नराम्रो नतिजा ल्याओस् भन्ने चाँहादैनन्, अरु बेला वास्ता नगर्ने अभिभावक, जनप्रतिनिधि नतिजा पछि शिक्षकलाई आरोप लगाउन्छन् सुधारका लागि हामी सबै जिम्मेवार हुनुपर्छ”

स्थानीय सरकारको शिक्षामा न्यून लगानी, गुणस्तरीय शिक्षा नारामा मात्रै सिमित :

गाउँपालिकाले हरेक वर्षको नीती तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको छ। शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्दै आएको गाउँपालिकाको उपलब्धि भने शुन्य देखिएको छ । जुन यो वर्षको एसईईको नतिजाले पनि पुष्टि गरेको छ । वडा अध्यक्ष देखी गाउँपालिका अध्यक्ष उपाध्यक्षले गुणस्तरीय शिक्षाको नारा दिएर भोट मागे तर जब निर्वाचित भैसकेपछि भने चुनावी प्रतिबद्धता बिर्सिने प्रवृति छ । यो नतिजाले गुणस्तरीय शिक्षाको गुणगान गाउने जनप्रतिनिधि, शिक्षालाई प्राथमिकतामा राख्दै आएको गाउँपालिका, शिक्षकको नाममा पार्टीको झण्डा बोकेर बिद्यालयलाई भन्दा बढी समय पार्टीका कार्यक्रमलाई दिने केही थान शिक्षक, नतिजा प्रकाशन भएपछि मात्रै चिन्तित हुने अभिभावक, राजनीति आस्था भन्दा माथि उठ्न नसक्ने कुनैकुनै एक राजनिति दलका बिद्यालय व्यवस्थापन समिति नामको बिद्यालय प्रशासनलाई नै गिज्याईरहेको छ ।

शिक्षालाई प्राथमिकतामा राखेर गाउँपालिकाले शिक्षामा गर्दै आएको लगानी पनि बालुवामा पानी सरह सावित भएको छ । उसो त गाउँपालिकाले शिक्षामा आवस्यक लगानी नै गर्न नसकेको जानकारहरु बताउन्छन् ।अहिले गरिरहेको लगानी प्रयाप्त लगानी नभएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेम साउद बताउन्छन् । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले कुल बजेटको २ करोड शिक्षा क्षेत्रमा छुट्याएको थियो । जस मध्यको १ करोड ६५ लाख शिक्षकहरुलाई तलब ठिक्कै हुने उनी बताउन्छन् ।

बाँकी रहेको ३५ लाखले अन्य कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताएका छन् । यस्तै यो आर्थिक वर्षमा पनि गाउँपालिकाले २ करोड मात्रै बजेट शिक्षा क्षेत्रमा बिनियोजन गरेको छ । अघिल्लो वर्षको भन्दा बजेट बढी ल्याएपनि शिक्षाको बजेट भने यथावत नै छ । शैक्षिक गुणस्तर ओरालो लाग्दै गएको भएपनि शिक्षामा लगानी बढाउने कुरामा जनप्रतिनिधिको ध्यान गएको देखिदैन ।

शिक्षा शाखा प्रमुख साउद भने शैक्षिक म गुणस्तर कमजोर हुनुको प्रमुख कारण शिक्षकहरुको लापरबाही रहेको बताउन्छन् । अर्को कुरा गाउँपालिकाका जनप्रतिनिधिले पनि पटकपटक बिद्याकयको अनुगमन, मार्षिक रुपमा शैक्षिक गुणस्तरको अवस्था सुधारका लागि गर्नुपर्ने प्रयास लगायतका बिषयमा समिक्षा गर्नुपर्नेमा उनले जोड दिएका छन् । शिक्षा शाखाका अनुसार शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई तलब खुवाउने, भौतिक संरचना बनाउने, बाहेकका कुनै रचनात्मक काम भएको देखिदैन ।

के भन्छन्  जनप्रतिनिधि ?

यता गाउँपालिकाका जनप्रतिनिधि भने गाउँपालिकाले गर्नुपर्ने जति प्रयास भरपुर गरेको दाबी गर्छन् । यो वर्षको एसईईको नतिजाले निराश बनाएको बताउदै यता गाउँपालिकाकी उपाध्यक्ष बिशु देबी नाथले सुधारका लागि के कसरी ?अगाडी बढ्ने बिषयमा छलफल गर्ने बताएकी छीन् । छलफल पछि आएका सुझावका आधारमा गर्नुपर्ने लगानीमा गाउँपालिका पछि नहट्ने उनको भनाई छ । यता गाउँपालिका अध्यक्ष दिल बहादुर रावतको भने फोन सम्पर्क हुन सकेको छैन ।

एसईईको नतिजा निराशजनक आएपछि यतिबेला सरोकारवाला निकाय, अभिभावक, शिक्षक सबै चिन्तित भने देखिन्छन् । तर चिन्ता व्यक्त गरेर मात्रै पुग्ने भने देखिदैन । यसका लागि सबैले आफ्नो ठाउँबाट सक्रियता बढाउनुपर्ने युवा विद्यार्थी भिम बहादुर धामी बताउन्छन् ।तर यो भने समस्याको समाधान पक्कै होईन ।

आगामी दिनमा कसरी अगाडी पढ्ने, कसको बढी कमजोरी हो ? कहाँ कसको कमजोरी ? सुधार कसरी गर्ने? को बढी जिम्मेवार हुने ? भन्ने बिषयमा समिक्षा गरेर अगाडी बढ्नुपर्ने युवा विद्यार्थी भिम बहादुर धामी बताउन्छन् । एक अर्कालाई दोष लगाएर समस्या समाधान नहुने उनको भनाई छ । सबैले आआफ्ना कमजोरी औल्याउँदै सुधारका लगि अगाडी बढ्नुको अर्को विकल्प नरहेको उनको भनाई छ ।

उनले केही सुधारका लागि गर्नुपर्ने प्रयासहरु आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन् :

यस्ता छन् युवा विद्यार्थी धामीका सुझावहरु क्रमश यो पनि पढ्नुहोस्

१.आजको यो प्रतिस्पर्धात्मक युगमा सैद्धान्तिक ज्ञानका साथ साथै पर्योगात्मक ज्ञानलाई जोड दिने।
२समय समयमा शिक्षकहरूको प्रशिक्षण र उनीहरूको निरीक्षण गरि रख्न जरुरी छ।
‌ ३.गाउँमा अन्य सामाजिक कार्यक्रमहरूको साथमा शैक्षिक कार्यक्रमहरूलाई पनि समेत शामिल गर्नुपर्छ।
‌ ४.स्थानीय जनता र छात्र-छात्रालाई शैक्षिक कार्यक्रममा सहभागी बनाउन प्रोत्साहन दिन पनि आवश्यक छ।
‌ ५.विद्यार्थीहरूको उत्साह, रुचि र प्रगति बढाउन पनि उचित व्यवस्था गर्नुपर्छ।
६.‌गाउपालिकाले बिद्यालयमा अभिभावक सहभागितालाई बढाउने कोशिश गर्नुपर्छ।
‌७.पुस्तक, शैक्षिक सामग्री र सुविधाहरूको उपलब्धतालाई सुनिश्चित गर्नुपर्छ।
८.शिक्षक र विद्यार्थी परिवेश अनुसार विषय वस्तु प्रति सक्रिय हुने,
९.शिक्षक र विद्यार्थी दुवैमा कमीकमजोरी सुधार्न दण्ड र पुरस्कारको व्यवस्था गर्ने,
१०. गाउँपालिका भरिका शिक्षकहरूको स्व मूल्यांकन गरी उत्कृष्ट शिक्षक घोषणा गरी पुरस्कारको व्यवस्था गर्ने
११. उत्कृष्ट विद्यार्थीलाई शिक्षक, अभिभावक, बि व्य समिति, र विद्यालयले अलग अलग पुरस्कृत गर्ने,( अर्थात् पालिका भरीको उक्तृष्ट विद्यार्थीलाई सम्मान र हौसला स्वरुप पुरस्कृत गर्ने)
१२. कक्षा शिक्षणमा बाहिर सुपरिवेक्षण खटाएर शिक्षकका कमिकमजोरी सुधार्न लगाउने ।
१३.. विद्यालयमा शिक्षकहरूको घुम्ती परीक्षा सञ्चालन गरी शिक्षकको अध्ययनलाई बढी समयानुकूल परिमार्जन गर्ने,
१४. अभिभावकले विद्यार्थीहरुलाई घरमा पढ्ने, लख्ने, काम गर्ने वातावरण मिलाउने,
१५. पूर्व विद्यार्थीले जाने बुझेका कुराहरू विद्यार्थीहरुलाई एउटा असल विद्यार्थीको साथी बनेर अध्ययनलाई सरल बनाइदिने,
१६. वडाले विद्यार्थीको संख्या अनुसार विषय शिक्षकको दरबन्दी सिर्जना गरिदिने,
१७. राजनीतिकको नाम मा विद्यालयमा आफ्नो विद्यार्थीको संगठन विस्तार गर्नु भन्दा विद्यार्थीका समस्या, आबस्यकता, व्यवहारिक सीप विकासका सामग्री, विज्ञान प्रयोगशालाका सामग्री व्यवस्था गरिदिने ।

यति मात्रले हुँदैन विद्यार्थीको शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासका अतिरिक्त क्रियाकलाप गर्नाले झन् विद्यार्थीमा पढाई प्रति चासो बढ्ने धामीले उल्लेख गरेका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.