मिन बहादुर खड्का काठमाडौँ : बाजुरा घर भैई कैलालीमा अध्ययन गरिरहेका विकास रावतले एसईई परिक्षामा ४ जिपीए ल्याएका छन् । बाजुराको बुढीगंगा ४ का रावतले ४.० जीपीए ल्याई एसईई उत्तीर्ण गरेका हुन् । उनले कैलालीको सैनिक आवासीय महाविद्यालयबाट एसईई परिक्षामा सहभागी भएका थिए ।
रावत नेपालभर ४.० जीपीए ल्याउने कूल १८६ जना मध्ये १ र सुधुरपश्चिम प्रदेशमा ४ जना मध्ये १ मा विकास पनि परेका छन् । पारिवारिक श्रोतका अनुसार विकास सानै देखी पढाईमा अब्बल र मिहिनेती थिए। सान्त सरल स्वभावका विकास बिद्यालयमा पनि निकै अनुशासित थिए। उनलाई पढाई बाहेकका कुरामा त्यति चाँसो हुँदैन थियो । उनी कक्षा नर्शरी देखी कक्षा ५ सम्म बाजुराको बुढीगंगा नगरपालिका वडा न ४ मा अवस्थित बाजुरा रेम्बो इङ्लिस बोडिङ स्कुल पढेका थिए।
आमा पार्वती रावत र बुवा भिम बहादुर रावतको कोखबाट जन्मिएका विकास जेठो छोरा हुन् । उनी भन्दा अगाडी उनकी एक दिदि छन् । उनकी आमा पार्वती रावत गाउँमै रहेको राजेन्द्र आधारभुत बिद्यालयकी शिक्षिका हुन् भने बुवा नेपाल आर्मीमा कार्यकरत छन् । शिक्षित परिवारमा हुर्केका रावतले नतिजा पनि उत्कृष्ट नै ल्याउन सफल भएका छन् । उनले बाजुराबाट परिक्षा नदिएपनि बाजुरामै जन्मिएर हुर्केका कक्षा ५ सम्म बाजुरामै पढेका उनले एसईईमा ४ जिपीए ल्याएपछि अहिले उनलाई बधाई दिनेको ओइरो नै लागेको छ । उनलाई बधाई दिनुका साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिरहेका छन्
बाजुरामा निराशजनक नतिजा:
बाजुराबाट माध्यामिक शिक्षा परिक्षा(एसईई) मा ३६ प्रतिशत बिद्यार्थी मात्रै उत्तिर्ण भएका छन् ।जिल्लाबाट साधारण तर्फ २७३४ र प्राबिधिकधार तर्फ १०० जना गरी कुल २ हजार ८ सय ३४ परीक्षार्थी परीक्षामा सहभागी भएका मध्ये ३६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।बाजुराबाट ३६ प्रतिशत बिद्यार्थी मात्रै उत्तिर्ण भएका छन् भने ६४ प्रतिशत बिद्यार्थी असफल भएका छन् ।
जसमा ३.६ देखि ४ जीपीए ल्याउने ८ जना, ३.२ देखि ३.६ ल्याउने ८४ जना, २.८ देखि ३.२ साधारणतर्फ ३ सय ९१ र प्राविधिक धारतर्फ १३ जना गरी ४ सय ४ रहेको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ । यस्तै २।४ देखि २.८ जीपीए ल्याउने साधारणतर्फ ४ सय ५३ जना, प्राविधिक धारतर्फ १२ जना गरी ४ सय ६५ जना, २.० देखि २।४ जीपीए साधारणतर्फ ४३ जना, प्राविधिक धारतर्फ १ जना गरी ४४ जना रहेको शिक्षा बिकाश तथा समन्वय ईकाइ बाजुराले जनाएको छ।
परीक्षामा सहभागी भएकामध्ये १ हजार ८ सय २९ परीक्षार्थीले ननग्रेड (एनजी) समूहमा परेका छन् ।जिल्लामा १५ वटा परीक्षा केन्द्र तोकिएका थिए । बाजुरामा यो वर्षको एसईईमा निराशजनक नतिजा आएको भन्दै बिभिन्न टिकाटिप्पणी भइरहेका छन् । तर यसको सुधारका लागि के गर्ने? कसरी अगाडी बढ्ने ?भन्ने बिषयमा बहस भन्दा पनि एक अर्कालाई आरोप प्रतिआरोप लगाएको देखिन्छ ।
यसमा बिद्यालय प्रशासन, शिक्षक, बिद्यार्थी अभिभावक सबैको आआफ्नै च्रम लापरबाही हो भन्ने सोझै अनुमान लगाउन सकिन्छ। अहिले आधा भन्दा बढी बिद्यार्थी फेल भएपछि यसको दोष कतिपयले शिक्षक माथि कतिपयले बिद्यार्थी माथि त कतिपयले स्थानीय सरकार माथि दोष थुपारिरहका छन् । यसको सुधारका लागि सबै जिममेवार हुनुकोअर्को बिकल्प देखिदैन । उसो बाजुरका कुनै पनि स्थानीय सरकारले शिक्षामा सनताष्जनक लगानी गर्न सकेका छैन ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत