धनगढी : सेती लोकमार्ग क्षेत्रमा पर्ने डोटीको ठुलीगाडदेखि सेती र बुढीगङ्गाको दोभानसम्मको ४० किलोमिटर क्षेत्रभित्र पोल हटाउने र रुख काट्न दिने सङ्घीय मन्त्रीपरिषद्ले यसअघि नै निर्णय गरेको थियो। राजमार्गमा पर्ने ८० हेक्टर जग्गा प्रयोग गर्न दिने र रुख तथा पोलहरू हटाउन स्वीकृत दिइएको थियो। तर, रुख तथा पोलहरूको क्षति बाफतको रकम आयोजना कार्यालयले नेपाल सरकारलाई दिनुपर्नेछ। सेती राजमार्ग योजना कार्यालय, अछामका सूचना अधिकारी केशवदत्त मिश्रले डोटी क्षेत्रमा रुख कटानीको स्वीकृति आएको भएपनि कटानी सुरु नभएको बताए। उनले भने, ‘ठेकेदार फिल्डमा गएको छैन।’
अछाममा १३ किलोमिटर काम अलपत्र
डोटी क्षेत्रको ४० किलोमिटर क्षेत्रका रुख कटानीको आदेश आएका बेला अछाममा १३ किलोमिटर र कैलालीमा साढे एक किलोमिटर वन क्षेत्रमा पर्ने रुख कटानीको आदेशसमेत आएको छैन। राष्ट्रिय वनभित्र पर्ने रुख कटानीको आदेश नभएकाले अछामको सेती र बुढीगंगाको दोभानदेखि गैरीगाडसम्मको सडक निर्माणको काम रोकिएको छ।
साँफेबगरबाट उत्तरी क्षेत्रमा ठेक्का भएको छैन। एक सय ४४ देखि २ सय चार किलोमिटरसम्मको ६० किलोमिटरको विस्तृत योजना प्रतिवेदन ९डिपीआर० तयार भएको छ। तर, वातावरणीय प्रभाव मूल्याङ्कनको काम बाँकी नै छ। आगामी आर्थिक वर्षमा अछामको उत्तरी खण्डको सेती लोकमार्ग निर्माणको ठेक्का गर्ने तयारी गरिएको छ। तर, सेती राजमार्ग निर्माणका लागि आगामी आर्थिक वर्ष २०८१र८२ मा विनियोजन गरेको बजेटको विषय खुलेको छैन।
कैलालीमा १० किलोमिटर सडक कालोपत्र हुँदै
डोटी र अछाममा रुखका कारण सडक निर्माणको काम रोकिएका बेला कैलालीमा भने १० किलोमिटर कालोपत्रको ठेक्का सम्झौताको काम अन्तिम चरणमा पुगेको छ। जिल्लाको दुर्गौलीदेखि पर्तापुरसम्मको १० किलोमिटर सडक निर्माणका लागि सम्झौता गर्न योजना कार्यालयले पत्र पठाएको छ।
१५ दिनभित्र उक्त क्षेत्रको सडक कालोपत्रको सम्झौता हुनेछ। सेती राजमार्ग योजना कार्यालय, अछामका सूचना अधिकारी केशवदत्त मिश्रले सम्झौताको तयारीमा रहेको बताए। १० किलोमिटर सडक ३१ करोडमा कालोपत्र हुने भएको छ। दिनेश खवरबाट



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा