काठमाडौं : “बहसमा बार्जु,बाजुरा महोत्सव”२०८१ मा स्थानीय कलाकारहरुले आफुहरुलाई उपेक्षा गरेको गुनासो गरेका छन् । लाइभ देउडा खेलाडी शंकर मल्लले सामाजिक सञ्जाल फेसवुकमा एक स्टार्टस लेख्दै आपत्ति जनाएका छन् ।
आयोजकले आफ्नो र अछामकी लाइभ देउडा खेलाडी पानसरा थापा बीच देउडा हुने भनिएको थियो । त्यसपछि त्यो दिन सम्भव भएन भनेर १२ गते सारियो तर आज पनि समय नदिने भनेको भन्दै आपत्ति जनाएका छन् । स्थानीय कलाकारहरुलाई उपेक्षा गरेर राष्ट्रिय स्तरको कलाकारलाई बढी प्राथमिकता दिएको आफु स्वयंमले देखेको उनले आरोप लगाएका छन् ।
यो हो मल्लले लेखेको फेसबुक स्टार्टस हेर्नुहोस्:

उसो त बाजुरा महोत्सव अन्ततः नारामा मात्रै सिमित भएको छ । नारा एक क्रियाकलाप अनेक भएको भन्दै चौतर्फी आलोचना भैरहेको छ । मनोरञ्जनमा मात्रै सिमित भएको पाइएको छ । समग्र जिल्लाको हितका लागि भनेर आयोजना गरिएको महोत्सव अन्ततः मनोरञ्जनमा मात्रै सिमित भएको टिकाटिप्पणी भैरहेका छन् । बाजुरामा जोती मगर, दुर्गेश थापा लगायतका बिकृति भित्र्याउने कलाकारहरुलाई उपस्थित गराएका बाजुराको संस्कृति बिगार्ने काम गरेको भन्दै धेरैले आपत्ति जनाएका छन् । गीतकार राजेन्द्र शाह बिपीले समेत जोती मगरलाई बाजुरामा नबोलाउनु भन्दा पनि बोलाएको भन्दै आयोजक प्रती आक्रोश पोखेका छन् । यस अघिका महोत्सव आयोजना गर्ने आयोजकले नबोलाउनु भन्दा मानेको तर अहिले नमानेको उनले उल्लेख गरेका छन् ।
उनले यस्तो लेखेका छन् हेर्नुहोस् :

बहसमा बार्जु बाजुरा महोत्सव गत बैशाख २८ गते (शुक्रबार ) बाट सुरु भएको थियो । जेठ ८ गते सम्म चल्ने भनिएको थियो । जिल्लाको कला साहित्य र सँस्कृतिको जगेर्ना, स्थानीय उत्पादित बस्तुको बजारीकरण, बाजुरा स्थित धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसार लगायतको बृहत उदेश्य सहित महोत्सवको आयोजना गरिएको अध्यक्ष खडायतको भनाई थियो ।
माध्यमबाट टाढिएका मनहरुलाई एकै ठाउँमा जोड्ने, बाजुराको शीर्ष नेतृत्वलाई एकै ठाउँमा उभ्याउने र साझा सवालमा साझा सहमति र एकता कायार् गर्ने महोत्सवको प्रमुख उदेश्य रहने प्रतिष्ठानको दाबी थियो । विगतमा जिल्लामा आयोजना हुने महोत्सव भन्दा यो महोत्सव फरक, हेर्न लायक र सबैले सम्झिन लायक बनाउने उदेश्यले बाजुराको विकास र समृद्धि संग जोडिएर अन्य कार्यक्रम पनि तय गरिएको थियो । विगत भन्दा केहि फरक, केहि नविन गर्ने जमर्को सहित महोत्सवको आयोजना गरेको भनिएको बाजुरा महोत्सव अन्ततः विवादमा तानिएको छ । विगतका भन्दा
खास र बिशेष रहने विश्वास आयोजकको थियो । तर महोत्सव सकिदै गर्दा आयोजक नै विवादमा तानिएको छ । स्थानीय कलाकारलाई उपेक्षा गरी बिकृति भित्र्याउने कलाकारहरुको उपस्थिति गराएको प्रति धेरैले आपत्ति जनाएका छन् ।
जिल्लाका साझा सवाल र समस्या संग जोडिएर सरोकारवाला निकायका व्यक्तिलाई एकै ठाउँमा महोत्सवका माध्यमबाट उभ्याउने उदेश्य प्रतिष्ठानको थियो ।बाजुराको विकास, सुशासन र समृद्धिको अभियानमा सहकार्य गर्ने र जिल्लाको भाषा, कला, साहित्य, पर्यटन र सँस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने,उदेश्य सहित महोत्सव सञ्चाल गरिएको महोत्सवलाई सुरुमा मौसम खराबीको कारण देखाएपनि अन्ततः जसरी पनि कमाउने उदेश्य आयोजजले राखेको टिकाटिप्पणी भैरहेका छन् ।
स्थानीय रितीरिवाज, चालचलन भेषभुषाको झलक पनि महोत्सवमा देखाईने भनिएको थियो । जिल्लाको विकास, सुशासन र समृद्धिको अभियानको नारा दिएर महोत्सव उद्घाटन गर्ने आयोजक नै अन्ततः भने अनुसारका कार्यक्रम गर्न असफल भएको छ। राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको उपस्तिथि गराउनु बाहेकका कार्यक्रम केही नभएको बुझिएको छ म बहसमा बार्जु बाजुरा महोत्सवको दोश्रो शृङ्खला मनोरञ्जनमा मात्रै सिमित नहुने अपेक्षा सबैको थियो तर त्यसो भने हुन सकेको छैन ।
कलाकारको प्रस्तुतिमा मनोरञ्जन संगै जिल्ला वासिका समस्या र समाधानका उपायहरु, बाजुराको विकास, बाजुरावासीको समृद्धि, जिल्लाका सम्भावनाहरुको सदुपयोग संग केन्द्रित रहेर सरोकारवाला निकायका सरोकार राख्ने व्यक्ति संग विकास समृद्धिका कुराकानी पनि हुने भनिएपनि अन्ततः मनोरञ्जनमा मात्रै सिमित भएको छ । साझा सहमति र सहकार्यका माध्यमबाट आयोजना गरिएको भएपनि सबै कार्यक्रम गर्न भने आयोजक असफल भएको छ ।
महोत्सवमा जिल्लाका प्रत्येक पालिकामा बनाईएका चोयाबाट बनेका डोका,डाला,सुपा पाल्ता,छाप्री अल्लो तथा भाँगोबाट बनेका बोल्ला,राडी,गलैचा,पाखी,टोपी कृषि उत्पादन ,रैथाने बाली,स्थानिय संस्कृति झल्काउने,मागल हुड्क्यौली,भुवा,अनन्ते लगायतका खेलहरु समेत प्रस्तुत गरिने छ ।त्यस्तै महोत्सवमा एकल गायन, बिभिन्न साँस्कृतिक कार्यक्रम,चित्रमा बाजुरा फोटो प्रर्दशनी,देउडा लाइफ,स्थानिय झाँकी प्रर्दशन,निबन्ध प्रतियोगिता,बक्तृत्वकला प्रतियोगिता,गजल उत्सव,साहित्य साँझ,बिभिन्न नेता कार्यकर्ताहरुसंग बहस,स्थानिय जनप्रतिनिधि संग बहस,कृषि उत्पादन,जडिबुटी,बाजुराको साँस्कृतिक तथा राजनितिक ईतिहास बिषयक कार्यपत्र प्रस्तुत,बाजुराको बिकास,पद र पुहँचको असर लगायत स्रष्टा,सर्जक,उद्यमी,सामाजिक अगुवा र युवा नेतालाई सम्मान कार्यक्रम रहने आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराले बताएको थियो। महोत्सव जेठ ८ गतेसम्म संञ्चालनमा रहने भनिएको भएपनि जेठ १२ गतेसम्म सञ्चालन भएको छ । आज महोत्सव सकिँदै छ ।
तर यता आयोजकले भने मिथ्या आरोप लगाएको दाबी गरेको छ । आयोजक सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले भने, ” हामीले सबैलाई समेट्न खोजेका छौँ, सुरुवाती देखी स्थानीय कलाकारलाई प्राथमिकता दिएका छौँ, कतिपय कमजोरी भए होलान्, हामीले कसैलाई नियत बस कसैलाई समय दिने कसैलाई नदिने भन्ने होईन, भनेजति गर्न सकिएको छैन, शंकर मल्लको हकमा हामीले देउडा गर्छौं भनेकै थियौं, कारण वस पान्सरालाई बोलाउन सकिएन ” केही ब्यानरमा नाम राखेका कलाकारहरु पनि समेट्न नसकेको उनले बताएका छन् । बाहिर हल्ला गरिए जस्तो नियत वस स्थानीय कलाकारलाई उपेक्षा नगरेको उनको भनाई छ ।
यस्तो थियो कार्यक्रमकाे रूपरेखा-
१) एकल गायन : नवोदित कलाकारहरुसँगको भेट । (२० जना बाजुरा जिल्लाका नवोदित कलाकारहरुको प्रस्तुती रहने)
२) साँस्कृतिक कार्यक्रम : स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती ।
३) डेउडा लाईभ : डेउडा खेलाडी पुष्प आचार्य, शंकर मल्ल र बिपना सिंह बीच डेउडा खेल गरिने ।
४) नृत्य प्रतियोगिता : नव कलाकार तथा विभिन्न विद्यालयका विद्यार्थीहरु बीच नृत्य प्रतियोगिता गरिने ।
५) साहित्य साँझ : राष्ट्रिय तथा जिल्ला स्तरका विभिन्न साहित्यकारहरुको उपस्थितीमा उहाँहरुका गित तथा कविता बाचन गरिने ।
६) गजल उत्सव : देशका उत्कृष्ट गजलकारहरु सुमन स्मारिका, कमल संघर्ष, नविन चिराग लगायत पाँच जना गजलकारहरुको प्रस्तुती गरिने ।
७) स्थानिय झाँकी प्रर्दशनी : जिल्लाका विभिन्न स्थानमा मनाईने– अनन्या, भुवो, हरिनो, बाले नाँच, हुड्केउली, बाजा, लाखे, रामलिला लगायतको प्रर्दशनी गरिने ।
८) प्रदेशी पर्खेका एक्ला घर : निबन्ध प्रतियोगिता ।
९) बाजुराको वास्तविकता र बुझाई : वक्तृत्व कला प्रतियोगिता ।
१०) बाजुरा दुरीमा कि, दृष्ट्रिमा विकट ? विकास बहस । गगन थापा, योगेश भट्टराई, राम कुमारी झाँक्री । यश प्रस्तुतीमा जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष सहीतको सहभागिता
११) सम्वृद्धिका लागि सद्भावको बसाई : बाजुराको राजनीतिक पृष्ठभुमिबाट माथि उठी राष्ट्रिय स्तरमा आफ्नो छवी बनाएका नेताहरु नेपाली काँग्रेसका सह-महामन्त्री बद्री प्रसाद पाण्डे, नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, नेकपा माओवादीका केन्द्रिय सदस्य कर्ण बहादुर वि.क. (केशव) र नेकपा समाजवादीका नेता नरेश शाही बीच जिल्लाको विकासलाई साझा मुद्दा कसरी बनाउने भन्ने राजनीतिक बहस । साथमा बाजुरामा क्रियाशिल राजनीतिक दलका जिल्ला नेतृत्वका जिल्ला नेतृत्व बीचको बहस र छलफल ।
१२) विकासमा पद र पहुँचको असर- लालबहादुर थापा, जनकराज गिरी, डबल शाह र हिक्मतजंग शाही बीचकाे बहस ।
१३) बाजुराको सांस्कृतिक तथा राजनीतिक ईतिहास विषयक कार्यपत्र प्रस्तुती । (लेखक जहरसिंह थापाले दशकौँ समय खर्चदै अध्ययन अनुसन्धान गरेको बाजुरा जिल्लाको सांस्कृतिक तथा राजनीतिक ईतिहासको कार्यपत्र प्रस्तुत गरिने ।)
१४) उत्पादन र अवसरको तथ्यगत विवरण समेपटएको कार्यपत्र प्रस्तुती र खुला छलफल ।
१५) बाजुराको कृषि, उत्पादन, सम्भाव्यता विषयक कार्यपत्र प्रस्तुती र अन्तक्रिया :
१६) प्रत्येक पालिकाको स्थानीय उत्पादन तथा जडीबुटीको प्रदर्शनी ।
(१) चोयाबाट बनेका : डोका, डाला, सुपा, पाल्ता, छाप्री ।
(२) अल्लो भाङ्ग्रो तथा उनबाट बनेका बोल्दा, राडी, गलौचा, पाखी, टोपी ।
(३) कृषि उत्पादन :
(४) जडिबुटी :
१७) चित्रमा बाजुरा : जिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी ।
१८) स्रष्टा, सर्जक र सफल उद्यमी, सामाजिक अगुवा र युवा नेतालाई सम्मान कार्यक्रम ।
मौसम प्रतिकुलका कारण कार्यक्रम पुर्व सार्वजनिक कार्यक्रम सबै गर्न नसकिएको आयोजकले बताएको छ ।



सम्वन्धित समाचार
निर्वाचन आयोगले दियो गगन–विश्व समूहलाई कांग्रेसको मान्यता
विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन: खम्मबहादुर खाती
एमाले सचिवालय बैठक भोलि बस्दै, प्रत्यक्षतर्फका उम्मेदवारबारे निर्णय गरिने
देउवा पक्षका संस्थापन नेताहरू निर्वाचन आयोग जाँदै
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्ष रुख दाबी गर्दै आज निर्वाचन आयोग जाँदै