मिन बहादुर खड्का काठमाडौँ :२० वर्षीय अमिसा कार्की सुदूरपश्चिमको विकट जिल्ला बाजुराको बुढीनन्दा ७ पाण्डुसैनमा जन्मिएकी हुन् अमिसा कार्की। जो प्रदेशकै पहिलो महिला पाइलट बन्दै छन् । जहाँ अहिलेसम्म पनि लैङ्गकि असमानता व्याप्त छ । महिलाहरु चुलोचौकोमा मात्रै सिमित हुन्छन् ।
महिलाहरुले पुरुष सरह काम गर्न सक्दैनन् अझ जहाँ छोरीहरुलाई बिद्यालय पढाउनु हुन्न , छोरीहरु पढेर अर्काको घर जान्छन् घरको बिडो थाम्ने भनेको छोरा मान्छेले मात्रै हो भन्ने पृतिसतात्मक चिन्तनबाट ग्रसित मानसिक रोगी समाजका अगाडी छोरीहरु पनि बौद्धिकता क्षेमता हुन्छ भन्ने कुरा प्रमाणित गरिदिईन्। जा् महिलाहरुको हौसला बनिन् प्रेणाको श्रोत बनिन् जसले मानसिक रोगबाट ग्रसित समाजलाई गलत पष्टी गरिदिइन् । उनी छोरीहरुले पनि छोरा सहर प्रगति गर्न सक्छन् को लागि एक जलन्त उद्धारण हुन् । पछिल्लो समयमा छोरीहरुलाई बिद्यालय नपठाउने चलन उसो त हराउँदै गएको छ ।
कुनै बेला जहाँका छोरीहरूको बिद्यालय उमेर बनपाखा घाँस दाउरा, मेला पात गर्दै बित्थो। तर आज त्यहीँ ठाउँको माटोले जन्माएको छोरी जो आकाशमा जहाज उडाउदैछीन्। परिक्षणका रुपमा उनले आफ्नो पहिलो उडान सफल गरिसकेकी छन् ।सुदूरपश्चिमको बाजुराकी २० वर्षीया अमिसा कार्कीले पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेकी छन्। बाजुराको बुढीनन्दा नगरपालिका–७ पान्डुसैनकी कार्कीले साउथ अफ्रिकाबाट पाइलट अध्ययन गरेर उडान समेत सफलता पूर्वक सम्पन्न गरेकी हुन्।
बाजुरा जस्तो दुर्गममा जन्मिएर पढेकी अमिसा हाल साउथ अफ्रिकामा छिन्। गत मंसिरमा नेपाल छोडेकी उनी साउथ अफ्रिका पुगेर पढ्न थालेकी थिइन् । उनले उतै हालै पाइलटको ट्रेनिङ र पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको उनका बुवा मिन बहादुर कार्कीले बताएका छन् । उनका बुवा मीन कार्कीले छोरीको सफलताले आफू निकै हर्षित छन् ।
तर धेरैले बनिसकेको भनेर बधाइ दिएको भन्दै उनले बन्नका लागि अझ केही समय लाग्ने बताएका छन् । पहिलो परिक्षण भने सफल भएको उनको भनाई छ। उनले आफ्नी छोरीले १८ महिने ट्रेनिङ सकेको र अब नेपालमा लाइसेन्स लिएपछी मात्रै पाइलट बन्ने बताएका छन् । साउथ अफ्रिकाको १८ महिने पाईलट कोर्ष अध्ययनपछि अमिसा नेपाल आएर लाईसेन्स परिक्षापछि को९पाईलट बन्ने र त्यसपछि पाईलट बनेर नेपालमा उडान गर्ने उनका बुवा मिनबहादुर कार्की बताउन्छन् ।
अहिलेपनि छोराछोरी दुबैले समान शिक्षा पाएका छैनन् केही शिक्षित परिवार बाहेक निजी बिद्यालयमा किशोरहरुको संख्या अत्याधिक र सरकारी बिद्यालयामा किशोरीहरुको संख्या धेरै किशोरहरु कम भेटिन्छन् । छोरालाई बोडिङ छोरीलाई सरकारी बिद्यालय पढाउने प्रचलन जस्तै बनेको छ । पहिला जस्तो बिद्यालय जानबाट छोरीहरू बन्चित नभएपनि आन्तरिक रूपमा भने विभेद गरेकै छन् । दुर्गममा उच्च शिक्षा पढ्नेमा प्राय किशोरीहरुको संख्या अत्याधिक छ । माध्यमिक शिक्षा उतिर्ण गरेपछि छोरालाई सहर पठाउने तर छोरीलाई गाउँकै बिद्यालय पढाउने गरेको पनि पाइन्छ । तर यो भिडमा फरक देखीने मध्यका एक हुन अमिसा कार्कीका बुवा मीन बहादुर कार्की जसले सदरमुकाम मार्तडीमा क्रेटर जोन एकेडेमी नामक निजी बिद्यालयको स्थापना गरेका छन् ।
आफैले स्थापना गरेको बिद्यालयमा पढेकी छोरी जो सुदूरपश्चिम प्रदेशकै पहिलो महिला पाइलट बन्ने भएकी छन् । जसले आफ्ना सबै सन्तानलाई समान शिक्षा दिए । जसले पृतिसतामक चिन्तनलाई त्याग्न पर्छ भन्ने सन्देश सिङ्गो बाजुरालाई नै दिन सफल भए । अमिसा नर्सरी देखी कक्षा १० सम्म सदरमुकाम मार्तडीकै क्रेटर जोन एकेडेमीमै पढिन्। उनको बाल्यकाल पनि बुवा मीन बहादुर कार्की र आमाको साथमा बित्यो । आफ्नो छोरीको पढाई र भविष्य प्रतीको चिन्ता र चाँसो र असिमाको सानै देखीको पाइलट बन्ने सपना पूरा हुन लागेको असिमाका बुवा मिन बहादुर कार्की बताउन्छन् ।
छोरीको सफलताले खुसी भएका कार्की भन्छन् “यो छोरीको मात्रै सफलता होइन, यो सिङ्गो बाजुराका लागि नयाँ सन्देश पनि हो, पृतिसतात्मक चिन्तनबाट ग्रसित बाजुराली समाजको मन मष्टिक्समा यसले पक्कै पनि नयाँ प्रश्न बिजारोपण गर्नेछ , ताकी अबका मितीबाट छोरीहरूलाई पनि प्रगति गर्न सक्छन् भन्ने दृष्टिकोणले मानिसहरुले हेर्नेछन्” पढाईमा पनि उनी निकै अब्बल थिइन् । उनले माध्यमिक शिक्षा एसईई क्रेटर जोन एकेडेमीबाटै २०७६ मा उतिर्ण गरेकी हुन् । उत्कृष्ट नतिजा सहित उतिर्ण भएकी अमिसा उच्च शिक्षाका लागि राजधानी काठमाडौं झरिन् । उनको बच्चै देखीको धोको पाइलट बन्ने थियो ।
त्यसकारण पनि उनले राजधानी आउनुको अर्को विकल्प थिएन । उनले कक्षा १२ काठमाडौंको बागबजारमा रहेको कएमसी कलेजबाट उतिर्ण गरकी हुन् । समाजमा छोरीलाई पढाउनु हुन्न् भन्ने आम बुझाईलाई चिर्नकै लागि भएपनि छोरीका लागि लगानी गरेको अमिसाका बुवा मिन कार्की बताउन्छन् ।
उनले भने, “छोरीका लागि पनि छोरा सरह नै लगानी लगाउनुपर्छ,छोरीलाई राम्रो लगानी गरेर डाक्टर बनाउने मेरा ईच्छ्या थियो, तर छोरीले पाईटल बन्छु भनेपछि छोरीको पाईलट बन्ने इच्छ्या पुरा गर्न लागेको हुँ अमिसाको १८ महिने पाईलट कोर्ष पुरा गर्नका लागि मात्रै करिव ८० लाख बढी लगानी लाग्ने भएको छ, उनि पाइलट बन्नेछने भननेमा ढुक्कछु छोरी प्रति बिश्वस्त छु” क्रेटर जोन एकेडेमीका सञ्चालक समेत रहेका कार्कीका जम्मा ५ वटा सन्तानमध्ये ४ छोरी र १ छोरा छन्। असिमा कार्कीकी जेठि छोरी हुन् ।
अहिले उनलाई बधाईको समेत ओइरो लागेको छ। अमिसालाई सुदूरपश्चिमकै पहिलो महिला भएको दाबी समेत गरिएको छ । अमिसा क्रियटर जोन एकेडेमीबाट एसइई परिक्षा दिने पहिलो व्याजकी परिक्षार्थी हुन् । उनले एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर पास भएकी थिईन् । सानै देखि पढाईलाई नै पहिलो प्राथमिकता राखेर अगाडी बढेकी अमिसाको पाईलट बन्ने इच्छ्या पुरा हुन् लागेकोमा बाजुराबासी खुसी भएका छन् ।
उनै अमिसा आज जसले बाजुरालाई नयाँ परिचय दिन सफल भैइन्। जसले बाजुराको शिर अझ ठाडो बनाईदिइन्। बाजुराको परिचय फेर्नमा उनको सफलतालाई एक इटा थपिएको बाजुराका उच्च अहोदाका व्यक्तिहरुले बताइरहेका छन् । उनको प्रसंशा निकै भैरहेको छ । नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष युवा विद्यार्थी तपेश रावल आफ्नो सामाजिक सञ्जाल फेसवुकमा लेख्छन्
हार्दिक बधाई र शुभकामना !!
सुदूरपश्चिम प्रदेशकै पहिलाे महिला पाईलटकाे रुपमा बाजुरा; पाण्डुसैनकी अमिसा कार्कीले आफ्नाे पहिलाे परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेकी छिन् !!!
जिल्लालाई हामी जहिल्यै नकारात्मकता तिर केन्द्रित भाष्य,समचार,खबर घटना तथा क्रियाकलापहरुलाइ बढि जाेड दिन्छौं तर सम्भावना,उपलब्धि सकरात्मक कुरामा ध्यान दिनु नै समाज परिवर्तनकाे बलियो हतियार हाे !!!
उनको सफलताले बाजुरा जिल्लाका सरोकारवाला निकायाका व्यक्ति नागरिक अगुवा, जनप्रतिनिधि, देखि सर्वसाधारण खुसीले गदगद भएका छन् ।
अमिसालाई यतिबेला सामाजिक सञ्जाल फेसवुक मार्फत बधाईको ओइरो नै लागेको छ । उनको सफलताले सिङ्गो बाजुरा खुसी भएको छ । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहरा आफ्नो नगर भित्रको एक जना छोरी त्यो पनि प्रदेशकै पहिलो महिला पाइलट बन्ने भएपछि हर्षित छन् ।
बोहराले भने “उनी बाजुराकै लागी गहना हुन् ।अझ प्रदेशकै पहिलो महिला पाइलट बन्ने कुराले म मात्रै होईन सिङ्गो बाजुराका लागि गर्वको कुरा हो, म र मेरा नगरवासीका लागि त यो एउटा ठुलो सफलता हो । यस्तै दक्षजनशक्ति बाजुराले अझै उत्पादन गर्नेछ, हामी जनप्रतिनिधिका तर्फबाट गर्नुपर्ने आवस्यक पहल गर्नेनै छौँ, बहिनी असीमाले बाजुराको परिचय फेर्न पनि मद्धत पुगेको छ” अहिले उनलाई जतिसक्दो चाडो पाइलट बनेको हेर्ने भन्दै कामना धेरैले व्यक्त गरिरहेका छन् ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा