बाजुरा : देशमा हलिया मुक्तिका नारा सुनिन थालेको बर्षौं भएको छ । हलियाहरुले सरकारबाट पानुपर्ने सेवा सुबिधा पनि पाएकै छन् । तर हलियाका समस्या भने जिउका तिउ रहेका छन् । सरकारले समेत हलियाका लागी दिर्घकालिन योजनाअनुसार नभएर केहि समयका लागी काम दिदा हलियाको अवस्था फेरिन सकेको छैंन् ।
हलियाले अहिले अरुको हलो जोतेर खाने अवस्थाको अन्त्य भएको पनि धेरै भएको छ । तर दुरदराजका हलियाहरु अहिले पनि साहूको हलो नजोती घर परिवार चलान मुस्किल नै देखिन्छ । बुढीनन्दा नगरपालिका १ पिपलडालिमा बस्दै आएका ४८ हलिया परिवारले अहिले पनि साहूको हलो जोत्नु र भारत गएर परिवार पाल्नु बोहकको विकल्प छैन् । अहिले पिपलडालिको हलिया बस्तिमा पुग्दा बृद्धबृद्धा, महिला र बालबालिका मात्रै भेटिने गरेका छन् ।
उक्त बस्तिमा अहिलेपनि दुई जना मात्रै युवा गाउँमा रहेका छन् । ६ महिना भारत गएर कमाउने ६ महिना गाउँमा फर्केरे साहूको हलो जोत्ने गरेको स्थानीय शेरबहादुर शार्कीले बताउनुभयो । त्यही कमाईले पनि परिवार पाद्यन सकस भएको र छोराछोरी पढाईबाट बन्चित हुनुपरेको उहाँले बताउनुभयो । आफ्नो कमाईले परिवारको खर्च समेत धान्न नसक्ने अवस्था भएपछि राज्यले हलियाको बालबालिकाको पढाई निशुल्क गर्ने जिम्मा लिनुपर्ने हलियाहरुको भनाई रहेको छ ।
टोलमा लागु भएको फियान नेपालले सभा समारोह जस्ता सार्बजनिक कामाम अग्रसर संगै निर्धक्क भएर बोल्न सक्ने र आफ्ना समस्याहरु समाजका अगुवाहरुलाई आफै सुनाउने गरी क्षमता विकास गरेका छन् । फियान नेपालले सिकाएको आफैंले केहि गर्नुपर्छ भन्न काममा राज्यले केहि मात्रमा भएपनि लगानी गरिदिए आफुहरुको जिवन स्थरमा सुधार आउने मनविर ल्वारको भनाई रहेको छ । आफ्ना अधिकारका लागी आफै बोल्न सक्ने र आफैले केहि गर्न सक्ने आत्मबलका साथ उक्त टोलका स्थानीय लागिरहेको फियान नेपाल बाजुरा प्रतिनिधि सविता थापाले बताउनुभयो । उहाँका अनुसार राज्यले सिपमुलक काममा लागानी गरिदिए सहज हुने बताउनुभयो ।
टोलभरी अहिलेसम्म तिन जना मात्रै सरकारी सेवामा प्रवेश गरेका छन् । तिनै जना पुरुष मात्रै सरकारी सेवामा रहेको टोलमा महिला भने एक जना पनि सरकारी सेवामा छैनन् । हलियाका समस्याहरुलाई मध्यनजर गर्दै हालै बुढीनन्दा नगरपालिकाको कार्यपालिका बाट कार्यबिधि समेत पास भएको छ ।
तर रोजगारी अनुदानमा आफुहरु छनोटमा नपर्ने गरेको वीरे शार्कीले गुनासो गर्नुभयो । बुढीनन्दा नगरपालिका १ पिपलडालिका बिसी ल्वारको परिवारले तिन पुस्तादेखि हलियाको काम गर्दै आएका छन् । पाठेघरको बिरामी रहेकी बिसिको परिवारले आर्थिक अभावका कारण उपचार गर्न नसकेको बताईन् । बिसिका श्रीमान गंगराम ल्वार पनि आफै बिरामी भएर भारतमा गएर काम गर्दै घरपरिवार चलाईरहेका छन् । बिसिका छोरा मैमान ल्वार छ ६ महिना अघि जापनका लागी नाम निकाले पनि आर्थिक अभावले जापान जान सकेका छैनन् । गाउँमा कसैले ब्याजमा समेत पैसा नपाउदा नाम निकाले पनि जापान जान नपाएको उनकी आमाले दुखेसो गरीन् । बस्ति माथिको पहिरोले गर्दा जोखिममा रहेको पनि बर्षौ बितेको छ ।



सम्वन्धित समाचार
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन
रास्वपासँग एकता भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा