मिन बहादुर खड्का काठमाडौँ : बाजुराको बुढीनन्दा नगरपालिकामा जन्मिएका ओव्जन परिवारको सानै देखि गीत गाँउने रुचि थियो । उनि सानैमा बिद्यालयमा आयोजान हुने कार्यक्रमहरुमा गित गाँउन्थे । उनको गीत सुन्नेहरु जती धेरैले उनको प्रशंसा गर्दै भन्थे “तिमी एक दिन गायक बन्छौँ”भनेर ! बिद्यालयका शिक्षक साथिहरु र अन्य गाँउ घरका छिमेकीले उनलाई दिने हौसलाले उनालाई संगीत तिरै तानिरह्यो । उनको संगीत क्षेत्रको रुचि थप बढ्दै गयो ।
धेरैले संगीतलाई यति धेरै माया गर्छन् की जसले आफ्नो जीवनलाई नै संगीत संग गाँसेका हुन्छन् । यसैको एक प्रतिनिधि पात्र हुन् बाजुराको बुढीन्नदा नगरपालिका वडा न. ५ छातिकोटमा जन्मिएका ओव्जन परियार। ओव्जन परियार उमेरले २० वर्षको भए। उनी सानै देखि गीत गाउँन रुचि राख्थे। गीत गाउँने रुचि मात्रै थिएन उनको गायक नै बन्ने धोको थियो । गायक बन्ने धोको बुनेका ओव्जनका बुवाले पनि उनलाई गायक बनाउने वचन दिएका थिए ।
बुवाले पनि गायक बनाउने भनेपछि निकै खुसी थिए कुनैबेला ओव्जन तर त्यो खुसी लामो समय सम्म टिक्न सकेन उनको । उनी कक्षा १० सम्म गाउँकै जनप्रकाश माध्यमिक बिद्यालयमा पढे । बुवा धनजिते परियार प्रेसरको बिरामी थिए । गाउँमा हुँदा बाल्यकाल पनि राम्रै बित्यो उनको तर उमेर बढ्दै गयो । एक्कासि उनको खुसीको जिन्दगीमा बज्रपात आइलाग्यो । उनका बुवा धनजिते परियारको कोभिड १९ को माहामारीको बेला एक्कासि मृत्यु भयो।
बुवाको निधन संगै उनले गायक बन्ने सपना पनि गुमाए उनी सुनाउन्छन् “बुवा हुन्जेल राम्रो थियो, खुसी पनि थिए, गायक बनाउन्छु भन्नू भएको थियो, तर बुवाले छोडेपछि संगीत प्रतीको रुचि पनि हराउँदै गयो, अब सपना पूरा हुन्न होला भन्ने लाग्यो” गायक बनाउन्छु भनेका बुवाको निधन पछि परिवारमा पारिवारिक सान्नटा छायो । बुवाको निधन संगै उनको गायक बन्ने सपना मात्रै खोसिएन परिवारको खुसी पनि खोसियो । बुवाले नै ज्याला मजदुरी गरेर परिवार पालिरहेका थिए। बुवाको मृत्यु पछि सबै जिम्मेवारी आमा र दाईहरुको काँधमा थपियो। उनले बुवा गुमाएको दुई वर्ष बढी बित्यो । आमाले जसोतसो घर चलाइन्।
बुवा गुमाएका उनको गायक बन्ने सपना पूरा हुने कुरा त टाढाको कुरा हो उनले पढाईलाई समेत निरन्तरता दिन सकेनन् । कक्षा १० मै पढाईलाई बिट मार्नुपर्यो। पढाईलाई निरन्तरता दिन नसकेपछि उनी परिवारको खर्च तार्न भारत तिर लागे । बिद्यालय जानुपर्ने उमेरमा उनले भारतमा गएर ज्याला मज्दुरी गर्नुपर्ने बाध्यता सिर्जना भयो। उनले १० कक्षामा पढाई छोडेर भारत गएपछि गीत संगीत प्रतीको रुचि करिब आफुले मरिसकेको बताउन्छन् ।
भारतमा जब उनी ज्याला मजदुरी गरेरै भएपनि केही कमाउन थाले त्यसपछि फेरि गायक बन्नुपर्छ भन्ने सानैदेखीको हुटहुटी पलायो। उनी फेरि नेपाल फर्किए । नेपाल फर्किएपछि उनी राजधानी काठमाडौं झरे । उनी भन्छन् “राजधानी काठमाडौंमा सुरुम धेरै दुस्ख कष्ट गर्नुपर्यो, संघर्ष गर्दै जाँदा अहिले आफ्नो खर्च आफै चलाइरहेको छु, राती दोहोरी साँझमा काम गर्छु, काठमाडौंको वसाई चलेको छ” उनले बुवाको निधन पछि एउटा गीत समेत बजारमा ल्याएका थिए । बुवाको सम्झनामा गाएको उक्त गीतमा उनका दाईले लगानी गरेक थिए । तर त्यसपछि भने आर्थिक अभावले सांगीतिक यात्रालाई निरन्तरता दिन सकेनन् ।
आर्थिक अभावकै कारण निरन्तरता दिन नसकेको ओव्जन बताउन्छन् । बच्चै देखीको कलाकार बन्ने धोको पैसाकै कारण पूरा हुन नसकेको उनको दुखेसो छ। विगत स्मरण गर्दै उनी सुनाउन्छन् , “बुवा भएको भए सपना पूरा हुन्थ्यो होला, दाईहरुले हौसला दिनुहुन्छ तर गीत गाउँनैकै लागि पैसा लगानी गरेर गीत गर्न सकिने अवस्था छैन, अहिले आआफ्नो खर्च आफै चलाइरहेका छौँ , बुवा गुमाएपछी सवै थोक गुमाएको महसुस भएको छ, त्यसपछि कति दुस्ख कष्ट भयो त्यो सुनाएर साध्य नै छैन, विगत तिर फर्किदा निकै दुस्ख लाग्छ, आफुलाई समाल्न पनि मुस्किल हुन्छ”
दुख त सबैलाई हुन्छ नै तर बुवा गुमाउदा कति धेरै पिडा हुँदो रहेछ त्यो मैले भोगेको छुू स्वर्गीय बुवाको गायक बनाउने सपना पूरा गर्नकै लागि काठमाडौंमा दुस्ख गरिरहेको उनले सुनाए । संघर्ष गरेपछि सफल हुन्छु भन्नेमा उनी ढुक्क छन् । आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिने उनको योजना छ । गायक नै बन्ने योजना सहित दुस्ख गरिरहेको उनले बताएका छन् ।
“दुस्ख गर्दै छु, कुनै संगीत पनि सिक्न पाएको छैन, काम गरेको पैसाले कोठा भाडा तिर्न र खर्च धान्ने धौ धौ छ गीत रेकर्ड गर्ने त सपना मात्रै हो रु पुर हुन्छ की हुँदैन तर गीत रेकर्ड गर्छु गायक नै बन्छु भन्ने धोको चाहिँ अझै मरेको छैन, बुवाले मैले गीत गाएको सुन्न नपाएपनि उहाँको सपना पूरा गर्नकै लागि भएपनी मलाई गायक बन्नु छ भन्ने लाग्छ” उनले भने,
“बुवाको मृत्यु पछि परिवारको बिचल्लीत भयो, गाउँमा खेतीपाती गरेर नै दिन गुजारा गर्यौ, कमाउने कोही थिएनन् उनले थपे , उनी जस्तै आर्थिक अभाबकै कारण गायक बन्न नसकेका कयौं व्यक्तिहरु आफ्नो प्रतिभा लुकाएर बस्न बाध्य छन् । यदि प्रतिभा भएकाहरूलाई गीत गाउँन पैसा आवश्यक हुँदैन थियो भने ओव्जन पनि गायक बनिसक्थे होलान् ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत