मिन बहादुर खड्का काठमाडौं : आइतबार काठमाडौंको भृकुटीमण्डपमा पुग्दा एकातिर मिटरब्याज पीडितहरुको भिड थियो भने अर्कोतिर राज्य संग न्याय माग्ने नै आफ्नो दैनिकी बनाईरहेकाहरु कोही धर्ना त कोही आमरण अनशन बसिरहेका पनि त्यहीँ देखीए । उनीहरु कहिँले काठमाडौंको माइतीघर मण्डला, कहिँले शान्तिबाटीकामा आमरण अनशन र धर्ना बस्दै आएका रहेछन् ।
गत माघ २३ गते काठमाडौं महानगरपालिकाले शान्तिबाटीकामा बसिरहेका उनिहरुलाई त्यहाँबाट हटाएपछि अहिले भृकुटीमण्डपमा बसिरहेका छन् । उनिहरुको दैनिकी नै राज्य संग न्याय माग्ने बनेको छ । उनीहरुको ध्यान न्याय माग्ने बाहेकका अरु कुरामा छैन । राज्य संग विभिन्न मागहरु उनीहरूका छन् । तर राज्यको भने उनिहरुका माग सम्बोधन गर्ने कुरामा कुनै सुरसार छैनन् । जतिसुकै रोई कराई र बिन्ती गरेपनि उनीहरुको आवाज सिंहदरबारले सुन्दैन। राज्य उनीहरु प्रती उदासीन छ। सम्बेदनहीन छ। राज्य उनीहरु प्रति जिम्मेवार छैन ।
राज्य संग कि त मृत्यु,की त न्याय माग्दै आरती रावल :
च्यातिएको त्रीपास मुनि बसेकी सर्वोच्च अदालतका न्यायाधीश भुवन गिरीकी पत्नी आरति रावल गिरीको न्याय दे लेखेको स्टिकर टाँसिएको थाली हातमै थियो । सेतो टिसर्टमा काला अक्षेरले बलात्कारी भुवन गिरीलाई थुनाना राखी न्याय दे लेखिएको टिसर्ट लगाएकी थिइन् । रावलको दैनिकी नै अहिले राज्य संग न्याय माग्ने रहेछ । राज्य संग कि त न्याय दे? कि त मृत्यु दे ?भन्दै न्यायको भिक मागिरहेको रावलल बताउन्छिन् ।
आफूलाई न्यायाधीश पतिले वैवाहिक बलात्कार गरेको, घरेलु हिंसा र ज्यान मार्ने प्रयास गरेको भन्दै कानुनी तथा सडक संघर्षमा रहेको उनले बताइन् । उनले सुनाइन् ” म सुरुमा माइतीघर मण्डलामा आमरण अनशन बसे, न्यायको भिक माग्न थालेको धेरै भयो, म माथी प्रहरीले पटकपटक भयो, त्यसपछि शान्तिबाटीमा पनि बसे, माइतीघर मण्डलामा ६८ दिन सम्म आमरण अनशन बसिसकेपछि शान्तिबाटीकामा बसे, त्यहाँबाट हटाएपछि अहिले यहाँ आएर बसिरहेकी छु, न त न्याय दिन्छन्, न त न्याय माग्न नै दिन्छन्, न्यायका लागि खोलिएका कुनै पनि ढोका ढकढक्याउन बाँकी छैनन् , अन्तिम आस सर्वोच्च अदालतको छ”
देशको सम्मानित न्यायालय सर्वोच्च अदालतले आफुलाई न्याय दिने झिनो आस बोकेर न्यायीक लडाइँ लडिरहेकी रावलले न्यायाधीश भुवन गिरी राज्यका उच्च पदस्थ व्यक्तिहरुकै संरक्षणमा रहेको दाबी गर्छन् । उनले न्यायाधीश गिरी कांग्रेस सभापति देउवाकी पत्नी आर्जु रणा र वर्तमान सरकार म्का रक्षा मन्त्री पुर्ण बहादुर खड्काकै संरक्षणमा रहेको आरोप लगाईन् । सत्ता शक्ति, पावर, पैसा र पहुँचकै कारण न्यायाधीश भुवन गिरीलाई थुनामा नराखेको रावलको जिकिर छ । नेपालका न्यायालयहरु आफू जस्ता पीडितहरुको पक्षमा नरहेको उनी बताउन्छिन् । न्याय नपाएको भन्दै सर्वोच्च अदालत परिसर भित्रै आत्मदाहको प्रयास र विस सेवनको प्रयास समेत रावलले यस अघि नै गरिसकेकी छन् । न्याय माग्दा न्याय पनि नदिएको र मर्न खोज्दा मर्न पनि नदिएको उनले बताइन् ।
हत्यारालाई जन्मकैदको सजाय नदिए यहीँ मर्छु घर जाँदिन साह :
त्यहीँ च्यातिएको त्रीपाल मुनी भेटिईन् दाइजोको न्युहुमा छोरीको हत्या गरीएकी २२ वर्षीय आरती शाहकी आमा निर्मला शाह । शाह पनि छोरीको हत्यामा संलग्न आरोपितलाई जन्मकैदको सजाय हुनुपर्ने माग राखेर निरन्तर धर्ना बसेको ८ महिना बढी भयो । उनको परिवारले गत असार ३ गतेबाट २४ घण्टे धर्ना कार्यक्रम सुरु गरेका थिए ।
जनकपुरधाम उपमहानगरपालिका–९ की आरती शाह घरमै झुन्डिएको अवस्थामा गत जेठ ७ गते मृत भेटिएकी थिइन् । उनको शरीरभरि जताततै नीलडाम देखिएकोले हत्या गरिएको दाबी गर्दै आएको छ । छोरीको हत्या उनकै श्रीमान् मोतीबाबु, देवर रवि, ससुरा मोहन र सासू रेणुले गरेको उनले सुनाइन् ।
उनले भनिन् “घटनामा संलग्न चारै जना माथी जन्मकैदको सजाय हुनुपर्ने, छोरीको न्यायका लागि गएका आफुहरुलाई कुटपिट गर्ने प्रहरीलाई निलम्बन गर्नुपर्ने, हाम्रो माग हो, छोरीलाई न्याय चाहियो, न्याय नपाए सम्म घर फर्किन्नौ, बरु यहीँ मर्छौ”
आरतीको साहको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्दा प्रहरीले उल्टै पीडित परिवारमाथि कुटपिट गर्नुका साथै हिरासतमा राखेको उनको दाबी छ। हत्यारालाई कारबाही गर्न नसक्नेहरुले न्याय माग्दा हिरासतमा राखेको उनले सुनाइन् ।घटनाको सुरुवातदेखि नै प्रहरी पीडिकपक्षसँग मिलेको उनको आरोप छ ।
हत्याराको संरक्षणमा प्रहरी प्रशासन नै सक्रिय भएर लागेको र पीडित माथि थपपिडा थप्ने काम गरेको दिदिको न्यायका लागि धर्ना बसिरहेका मृतक आरतीका भाई प्रेम शाहले बताएका छन् । मृतकका भाई प्रेम भन्छन् “प्रहरीले जबर्जस्ती अर्कै कागजमा हस्ताक्षर गराउन खोजेको, कर्तव्य ज्यानको घटनालाई आत्महत्या दुरुत्साहनमा परिणत गर्न खोजेको, घटनाको सम्बन्धमा निष्पक्ष अनुसन्धान नभएको र दुवै अस्पतालको भूमिका समेत शंकास्पद देखिएको छ, यसमा थप अनुसन्धान गर्नुपर्ने हाम्रो माग हो, अहिले एक जना मात्रै कारागार छन्, अरुलाई पाओर र पहुँचका आधारमा पैसा खुवाएर छोडे”
न्याय माग्दा उल्टै प्रहरीले यातना दिएको बताउदै उनले प्रहरीले मोबाइल नै खोसेर कुटपिट गरेकाले कुटपिटमा संलग्न प्रहरी कर्मचारीलाई निलम्बन गरी छानबिन गर्नुपर्ने आफुहरुको माग रहेको बताएका छन् ।
दाइजोको निहुँमा हत्या गरिएको भन्दै आरतीका बाबु विनोदप्रसाद शाहले जिल्ला अदालत धनुषामा चार जना बिरुद्ध जाहेरी दिएका थिएन । जाहेरीका आधारमा धनुषा जिल्ला अदालतले असार ५ गते श्रीमान् र ससुरा दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो ।
तर असोज १९ गते उच्च अदालत जनकपुरले जिल्लाको आदेश उल्टाउँदै दुवैलाई साधारण तारेखमा रिहा गर्यो। जिल्ला अदालतको आदेशप्रति असन्तुष्टि जनाउँदै आरतीका बुबा विनोदले गत कात्तिक २३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले उच्च अदालत जनकपुरको आदेश आंशिक बदर गर्दै आरती साह हत्या प्रकरणमा उनका श्रीमान् मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ ।मृतक साहका ससुरा मोहन व्याहुत सुडीलाई भने १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्चले आदेश जारी गर्यो । अहिले एक जना मात्रै करागार छन् ।
मलाई ऋणमा दुबायो सुकुम्बासी बनायो :
गोर्खाका ६२ वर्षीय तेल बहादुर घले घाटीमा पोष्टर झुण्ड्याएर बसिरहेका थिए। उनको पोष्टरमा लेखिएको छ, गोर्खा आरुघाट लार्के भञ्ज्याङ् जोड्न सडक निर्माण गर्ने, आर्मी मेजर निशान्त पण्डितले मिति २०७५ सालमा बलास्टरिङ गरेर दोभानमा मेरो होटेल धोस्त पारेर ८ करोड भ्रष्टाचार गरेर भाग्यो,मलाई ऋणमा दुबायो सुकुम्बासी बनायो,
यहीँ पोष्टर घाँटीमा झुण्ड्याएर उनले राज्य संग न्याय मागिरहेका छन् । आफुले ३६ लाख ऋण लगेर होटेल व्यवसाय सुरु गरेको उनको भनाई छ। तर क्षेती पुर्तीको नाममा १८ लाख ८२ हजार मात्रै दिएको घले बताउन्छन् । “जग्गा जमीन सबै बेचिसके, ऋण तिर्न सकेको छैन, ब्याज तिर्दा तिर्दा ६८ लाख खर्च भसक्यो, परिवार कसरी पाल्ने ? काठमाडौं आएर विभिन्न ठाउँमा धर्न बसेर न्याय माग्न थालेको ८ महिना भयो , सरकार बेखबर छ, हाम्रो कुरा सुन्दैन, होटेल व्यावसाय गर्ने उनको होटेल नै ध्वस्त भएपछि थपिएको ऋण तिर्न नसकेपछि क्षेतीपुर्ती दिलाउ पाँउ भन्ने आफ्नो पिडा सुनाउन राजधानीको आएका उनी पाँच महिना १२ दिन माइतीघर मण्डलामा, दुई महिना ७ दिन शान्तिबाटीकामा निरन्तर धर्ना बसे”अहिले उनी पनि भृकुटीमण्डपमै च्यात्तिएको त्रीपाल मुनि रात बिताइरहेका छन् ।
यो देशमा सानालाई एन ठुलालाई चैन हुन्छ, जहाँ न्याय माग्दा पनि यातना सहनुपर्छ, कयौंले त आत्मदहा समेत गरिसकेका छन् , सरकारले हामीलाई न्याय देला भनेर भन्नू त दिवा सपना जस्तै हो, तुल बहादुर घलेले थपे,
सरकार प्रती पीडितहरु आकोशित :
विभिन्न मागहरु राख्दै धर्ना बसिरहेका धादिङका चेतनाथ पौडेल वर्तमान सरकार संग मात्रै नभैई विगतमा सरकार चलाउनेहरु संग पनि आक्रोशित छन् । अहिलेसम्म सत्ता चलाएका कसैले पनि जनताको पक्षमा रहेर काम गर्न नसकेको उनको आरोप छ । वर्तमान सरकारलेको झन उनी आलोचना गरेर थाकेनन् । उनले भने, ” यो सरकार जनताको सरकार होइन, सरकारले जनताको पक्षमा काम गर्न सकेको छैन, न्यायाधीशकै श्रीमतीका लागि न्याय छैन, यो देशमा सर्वसाधारणले त झन के न्याय पाउन्थे, ठुलाबडाहरुले गलत गर्दा पनि पहुँच र पैसा भयो भने पुग्छ, यो देशमा कानुन छ त केबल कागजी दस्तावेजमा सिमित छ, न्यायाधीशहरु राजनीति दलको निर्देशन भन्दा बाहिर गएर फैसला गर्ने आट गर्दैनन्,यो देशका न्यायालय भित्र सेटिङ हुन्छ”
यो देशको कानुन सर्वसाधारण लागि होईन ठुलावडाहरुका लागि मात्रै हो, भन्ने सर्वसाधारणको आरोपलाई पुष्टि गर्न आरती साह, मृत्यु प्रकरण लगायतका घटना क्रमले टेवा पुगेको पौडेल बताउन्छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको देशमा पनि नागरिकले न्यायको भिक माग्दै आत्मदाहा गरेर मर्नुपर्ने जत्तिको लज्जास्पद बिषय अरु केही नहुने जानकारहरु बताउन्छन् ।
न्यायको भिक माग्दै भौतारिरहेका पीडितहरुले न्यायका लागि खोलिएका कुनै पनि ढोका ढक्ढक्याउन बाँकी राखेका छैनन् । तर न्याय भने उनिहरुले पाउदैनन् । यो देशका सम्मानित न्यायालयले नै पीडितहरुलाई थप पीडा माथि पीडा थप्ने काम गर्दै आएको गुनासो पीडितहरु गर्दै आएका छन् । न्यायाधीशकी पत्नीले नै न्याय नपाएको देश हो भनेर देशको सम्मानित न्यायालयको नै पछिल्लो समयमा आलोचना हुँदै आएको छ । यी र यस्तै घटनाले देशको न्यायालय प्रती नै जनताको बितृष्णा छाउदै गएको छ ।
सम्वन्धित समाचार
हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौं–उपसभामुख राना
मन्त्रीद्वय लेखक र दाहालले गरे निर्माधीन चारलेनको पक्की पुलको निरिक्षण
खप्तड र रारामा पर्यटक प्रहरी इकाइ स्थापना गरिँदै
सिंहदरबारमा सत्तापक्ष र विपक्षीका प्रमुख सचेतकहरुबीच संसद सुचारु गर्नेबारे छलफल
मजदुरले गरे मजदूरकै हत्या
बझाङमा अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी महिला र बच्चाको मृत्यु