कौडीको दाममा यारी नाका पुग्छन् बाजुराका गाईबस्तुु



दयाराम पण्डित बाजुरा:  बुढिगंगा १० देउमाणुुका मेखराज जैशीले गत साता पाँचसय रुपैंया नगद सहित ब्याउने गाई हुम्लीलाई दिनुुभयो ।शिक्षक तथा सामाजिक सेवामा संलग्न जैसी भन्नुुहुन्छ “ पहिले–पहिले राडिपाखी लिएर हुम्ली र मुुगालीहरु अछाम बाजुराका गाउँगाउँ पस्थे । पछिल्लो समयमा गाउँमा सित्तै गाईवस्तु पाइन्छन् भन्ने थाह पाएपछि एक कौडी नदिएर गाई वस्तु लैजान्छन् । अचेल गाउँ घरमा गाईबस्तु पाल्न साह्रै झन्झटिलो छ ।युवा युवती बाहिर छन् ,कृषी पेशा घट्दो क्रममा छ । गौमातालाई दुःख दिनु भन्दा बरु गाईसंगै दक्षिणापात गरेर कसैलाई दिनु उत्तम छ ।”

बडिमालिका नगरपालिका वडा नं तिन रजालीका हर्क विकले गत माघमा एक हलगोरु दुई हजार रुपैंयामा हुम्लीलाई बिक्री गर्नुभयो ।गत महिना रजालीबाट मात्र तिन सय बढि गाई गोरु हुम्लीले लगेका छन् । राम्रो गोरु भए दुई हजार रुपैंंया बुढोपाको भए दुई सय देखि एक हजार रुपैंया बराबरको मुल्यमा गाउँमा बस्तुभाउ बिक्री हुन्छन् हर्कको भनाई छ । त्यस्तै गौमुल गाउँपालिका २ रनेडाका राजमल शार्कीको परिवाले गत माघमा हलगोरु र एक गाई सित्तैमा हुम्लीलाई दिनुुभयो ।

“गाई बस्तु पाल्न घरमान युवा जनशक्ती छन्, नतगाउँमा प्रसस्त बस्तुभाउलाई चरिचरनको ब्यबस्था छ ।आपूूmले किन्नुपर्दा एक हलगोरुको मुल्य कम्तिमा १५ देखि वीस हजार रुपैंया पर्छ । बिक्रीगर्दा कौडीको मुल्यमा फाल्नु पर्छ । छोरा प्रदेश छोरी पराई घरमा छन् । गाई बस्तुको कुरा छोड्नुहोस् गाउँमा बुढाबुढीको स्याहार गर्ने युवा छैनन् । ” बेलकाटियाँकी रामदेबी उपाध्यायको दुःखेसो छ । गाउँमा गोरु हेर्ने मान्छे छैन गोठमा चोईट्याएर मार्नु भन्दा पाए, होलोफोलो मुल्य दिन्छन् । नपाए सित्तैमा पनि हुम्लीले लैजान्छन् ।एक दुई सिजन पाल्यो नसके हुम्ला मुगु तिर धपायो सिंगाडाका देउमा साँउदको भनाई छ ।

विगतमा गाईगोरु मरे सिनोको छालाबाट दमाह, दाहिनो, टाम्का बर्खिन ९बनाउन० कामलाग्थ्यो । पछिल्लो समयमा गाईगोरु बुढो भयोकि चाईना पठाइ दिन्छन् भने भैंसी बाँठो भए तराई । गाउँमा छाला नपाउँदाजुत्ता, पाना, चाल्नु बनाउने ब्यवसाय संकटमा प¥यो बडिमालिका ८ का देबे शार्कीको भनाई छ ।

प्रत्येक हिउँदे सिजनमा बाजुराबाट मात्र १०÷१२हजार गाईबस्तु उत्तरपूर्वी कुण्डा हुँदै छिमेकी जिल्ला मुगु र हुम्ला पुग्छन् । त्यहाँ प्रति गाईगोरुको मुल्य कम्तीमा १०देखि २५ हजार रुपैंया पर्छ । राम्रागाईलाई क्रस गराएर तोल्पीनी जातको बाच्छा निकालिन्छ भने धेरैजसो गाइबस्तुु मासुको रुपमा प्रयोग गरिन्छन् हुम्लाका एक ब्यापारीको भनाई छ ।

हामीले यताबाट किनेर लैजाने हो, माथि त अर्कैसंग बिक्री गरिन्छ करानका बौद्धिष्टले मासुको रुपमा प्रयोग गर्छन्। गाईलाई हतियार प्रयोग गरी त मार्दैनन् मुखमा डोरी कसेर स्वास बन्द गराएर मार्छन् त कतिले भिरबाट खसाएर मार्छन् । बचेकागोरु हुम्लाको यारी हिल्सा,च्वाखोला र नेक्पा लगायतका नाकाबाट चाईनाको बौडर पुु¥याईन्छ ।

चाईना पुु¥याउन सके एक गाईको मुल्य ३५ देखि ६५ हजार रुपैंयामा बिक्री हुन्छ गोरु ब्यापारीको कथन छ ।गाई पालनका लागि भनेर हुम्ला स्थानीय तहबाट सिफारिस लिन्छन् ।तलबाट दुुई ढाई सयमा किनेका गाई बस्तु यहाँ एक एक गरेर बिक्री गर्छन् ,पालेका देखिदैनन् कहां लैजान्छन् थाह भएन हुम्लाका स्थानीयको भनाई छ ।

बस्तुुभाउपाल्ने समस्याले गाईबस्तु सित्तैमा दिने । खेतवारीका लागि रासायनिक मल प्रयोग गर्ने । माटो उर्बरा शक्ती कसरी बढ्छ रुविगतको भन्दा रासायनिक मलको आयातमा दोब्बर बृद्धी भएको छ कृषी ज्ञान केन्द्र बाजुराका एक कर्मचारीले भन्नुुभयो ।

भेटेरेनरी अस्पताल तथा पसुसेवा विज्ञकेन्द्र बाजुराका नायब प्राविधिक जगत थापाले भन्नुुभयो । बाजुरामा गाईवस्तुको संख्या ८५२२० छ भने भैंसीको संख्या २१हजार २२ मात्र छ । यो संख्या दिनानुदिन घट्दो क्रममा छ ।

केहीवर्ष यता बाँठो भैंसी धनगढी तिर, गाईबस्तुु हुम्लामुुगुु लैजाने क्रम बढेको छ। कुन प्रयोजनका लागि लैजान्छन्् एकिन जानकारी छैन । कति बस्तुजिल्ला बाहिर लैजान्छन् त्यसको तथ्यांक हामीसंग पनि छैन नायब प्राविधिक थापाले भन्नुुभयो । विगतमा प्रहरी चौकी चेकपोष्टमा चेकजाँच हुंदा खुलम खुल्ला बिक्री हुंदैन थिए ।अहिले त कहीकतौ चेकजाँच पनि हुंदैन बाजुराका गाईबस्तु कौडीको दाममा सिधै चाईना पुुग्छन् स्थानीयको भनाई छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.