शिक्षामा सुधार साझा सरोकार



नेपालको संबिधान २०७२ ले शिक्षालाई नागरिकको मौलिक अधिकारको रुपमा अङ्गीकार गरेको छ| संविधानत आधारभूत तहको शिक्षा अनिबार्य र निशुल्क र माध्यमिक तहको शिक्षा निशुल्कको व्यवस्था गरेता पनि ब्यवहारमा अझै पनि पूर्ण रुपमा कार्यन्यनन हुन् अझै पहल गर्नुपर्ने अवस्था देखिन्छा

नेपाल सरकारले प्रत्येक शैक्षिक सत्रको थालनी संगसंगै बालबालिकाहरुलाइ शिक्षामा सहभागिता गराउनको लागि बिद्यार्थी भर्ना अभियान बिगत लामो समयदेखि सचालन गर्दै आइरहेको छ| नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयका अभिलेख अनुसार बिधालय भर्ना दरमा उल्लेख्य बृद्दी भैरहेको छ| बिगत् बर्षमा झैँ यस बर्ष पनि नेपाल सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले बिधालय बाहिर रहेका बालबालिकाहरुलाई शिक्षाको मूल प्रवाहमा ल्याउनको लागि ‘सबै बालबालिकाको बिधालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिमा सुनिश्चितता” भन्ने मूल नाराका साथ बिधार्थी भर्ना अभियान २०८१ भर्खर मात्र समपन्न गरेको छ | Global Partnership for Education (GPE) को रिपोर्ट २०२२ अनुसार अझै पनि २.७% स्कुल उमेरका बालबालिकाहरु बिधालय बाहिर रहेको तथ्यांक प्रकाशमा रहेको छा त्यस्तै UNICEF Nepal Education Fact Sheet 022को तथ्यांक अनुसार नेपालमा केवल ८२% बालबालिकाहरुले मात्र प्राथमिक शिक्षा पुरा गर्दछन|

बिधालय भर्ना अभियानले विभिन्न  कारणको बिधालय बाहिर रहेका बालबालिकाहरुको बिधालयस्तरको शिक्षाको अवसर प्रदान गर्ने,बालबालिकाहरुलाइ बिधालयमा स्वास्थ्य, सुरक्षित र समावेशी भावनाको महसुस गराई

गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रमुख जिम्मेवारी मुलत बिधालयको भएता पनि त्यसको लागि सहयोग गर्नु पर्ने जिम्मेवारी अभिभावक, बालबालिका स्वयम्, समुदाय, बिधालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय सरकार र शिक्षासंग सम्बन्धित सरोकारवालाहरु सबैको साझा जिम्मेवारी र भूमिका हुन जान्छा बालबालिकाहरुलाइ  बिधालयको विभिन्न क्रियाकलापहरुमा सहभागिता हुने बातावरण हामीहरुले बिधालयमा क्रमश विकास र विस्तार गर्न सकेको खण्डमा मात्र हामीले गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सक्छौ | यस कारण आगामी दिनको हाम्रो प्राथमिकता भनेको ति बालबालिकाहरुको बिधालयमा सहभागितामा बृद्दिमा  केन्द्रित हुनुपर्ने देखिन्छा त्यसका लागि बालबालिकाहरुको बिधालयमा सहभागिताका लागि बाधा र अबरोधहरुको पहिचान हुनु जरुरि छ | केही साझा अबरोधहरुमा हाम्रा सामुदायिक परम्परावादी सोचविचार, बिश्वास, मुल्यमान्यता, सामाजिक संरचना, बिधालयका भौतिक सेवासुविधाहरु (भवन,खेल मैदान, शौचालय, खानेपानी, कक्षाकोठा आदिको) स्वरूप र उपलब्धता आदि पर्दछन् |

त्यस्तै बिधालय शिक्षकले आफुले शिक्षण गराउने प्रत्येक बिधार्थीको पारिवारिक, सांस्कृतिक,सामाजिक, आर्थिक, मनोसामाजिक पृष्टभुमिको बारेमा जानकारी प्राप्त गरि हरेक विध्यर्थिको वैयक्तिक बिशेषता, रुची, क्षमता, भिन्नता र सिक्ने तौर तरिकाका बारेमा अध्यायनगरि  त्यस अनुसार आफ्नो शैक्षणइक् योजना, शिक्षण सामाग्रीहरु, शिक्षक र बिधार्थी कक्षा क्रियाकलापहरु,पृष्ठपोषण, सवलिकरण र अभ्यास गर्ने र गराउने बानी र पद्दतिको विकासले बिधालयमा बिधर्थिहरुमा सहभागिता बढाउन सहयोग पुर्याउछ | शिक्षकको मूल मार्ग निर्देशन भनेको प्रत्येक बिद्यार्थी आफैमा अद्वितीय हुन्छ, त्यसैको आधारमा वैयक्तिक बिशेषताको अध्यायन र विश्लेषण गरि सहभागिताको सुनिश्चितता गराउनु पर्दछ | उदाहरणको लागि एक जना सामान्य बालक र अपांगता भएको बालकको लागि शिक्षकले समान किसिमको सहभागिताको रणनीति नगरी फरक फरक किसिमले योजना निर्माण गर्नु आवश्यकता पर्दछ | अर्कोतिर बालबालिकाहरुको सहभागितालाई स्थानीय परिवेश र संस्कृति वा सोसंग मेल खाने, सुहाउने किसिमका बिषयबस्तुलाइ आधार मानेर बालबालिकाहरुलाइ उनीहरुको क्षमता, स्तर, चाहना अनुसार क्रियाकलापहरुमा सहभागी गराउने गरेको खण्डमा सिकाइ प्रभावकारी भै अर्थपूर्ण र दिगो सिकाई हुन्छ जुन गुणस्तरीय शिक्षाको आधारभूत स्तम्भ हो | यसका लागि शिक्षकहरुको तयारि आवश्यक हुन्छा शिक्षक तालिम, क्षमता विकास र अभिब्रिद्दी गरेमा बालबालिकाहरुको सहभागिता सुनिश्चित गर्न आवश्यक सिप र कौशलको बिकास हुन्छ |

शिक्षालाई कोरा सिददांत, कक्षाकोठाको दिवाल र प्रमाण पत्रमा मात्र संकुचित नगराई शिक्षाले बालबालिकालाइ  जगत र जीवन बुझ्ने आधार, जिउने कला र सामाजिक जिम्मेवारीलाइ बहन गर्न सक्षम बालबालिका  नागरिक उत्पादन गर्न सक्दछ| शिक्षाले बालबलिका र समाजको  सर्बांणगिण विकास गराई आर्थिक, कला, संस्कृतिको संरक्षण र प्रबर्धन गरि, सामाजिक न्यायसहितको सामाजिक रुपान्तरण गर्न सहयोग गर्नु पर्दछ| विद्यालयका शैक्षिक पद्दति र शिक्षण सिकाई  क्रियाकलाप र अभ्यासहरू  अभिभावक र समुदायलाई बिधालयप्रति थप आशा, भरोशा र बिश्वास कायम गराइ रहन सक्नुपर्छ|

विभिन्न समयमा शिक्षा क्षेत्रमा गरिएका सर्भेक्षण, खोज अनुसन्धान, अनुगमन, मुल्यांकन र प्रतिबेदन रिपोर्टहरुलाइ धेरै जसो  कर्मकाण्डको रुपमा मात्र लिने परम्परालाइ बदलि तिनीहरुलाई राष्ट्रिय, प्रदेश र स्थानीय शिक्षा सरोकारहरू (विधालयका प्रधानअध्यापक, शिक्षक वर्ग , अभिभावक, शिक्षाका अगुवा,  विधालय व्यस्थापन समिति, शिक्षक अभिभावक संघ,स्थानीय शिक्षा अधिकारी,सम्बन्धित सरकारी कार्यालय कर्मचारी, शिक्षामा काम गर्ने संघ र सरोकार्वालाहरुका माझमा प्रस्तुत गरि छलफल गरेर  तिनिहरुका आधारमा शैक्षिक योजना, कार्यक्रमहरु निर्माण गर्नुपररछा स्थानीय परिवेश, क्षमता र समुदायको आवश्यकतालाइ पनि सम्बोधन गरि शिक्षा सरोकारहरु (स्थानीय शिक्षा प्रमुख,शिक्षा विकास तथा समन्वय एकाइ,  राजनीतिक दलहरु, प्रधानाध्यापक, शिक्षक, बिद्यालय व्यवस्थापन समितिहरु, अभिभावक, सरकारी/ स्थानीय निकाय/ समुदाय/ बालबालिकाका प्रतिनिधिहरुको संलग्नता र सहभागितामा बनाइएका शैक्षिक कार्यक्रमहरु, क्रियाकलापहरु थप प्रभावकारी र सफल हुन्छन| स्थानीय तहमा कार्यमूलक  बृहत र एकिक्रीत  शैक्षिक व्यस्थापन सूचना पद्दतिलाइ अध्याबधि गराई  राष्ट्रिय शिक्षा नीति र कार्यक्रमहरु (बिधयालय शिक्षा क्षेत्र योजना २०७९-२०८९,) को मार्ग निर्देशन अनुसार  स्थानीय शैक्षिक कार्यक्रम र योजनाहरुको निमार्ण गरी कार्यान्वन गर्नु पर्ने देखिन्छ| त्यस्ता सर्भेक्षण, खोज अनुसन्धान, अनुगमन, मुल्यांकन र प्रतिबेदन रिपोर्टहरुलाइ पर्ने देखिन्छा

कृपा घिमिरे

काठमान्डू स्कुल अफ ल

बि ए एल. एल. वि,

दोश्रो बर्ष

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही 9848222440
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.